Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संविधान दिवसमा शान्ति समाज रुपन्देहीद्वारा दीप प्रज्ज्वलन

संविधान दिवसमा शान्ति समाज रुपन्देहीद्वारा दीप प्रज्ज्वलन

  • 2.2K
    SHARES

  • संविधान दिवसमा शान्ति समाज रुपन्देहीद्वारा दीप प्रज्ज्वलन

    बुटवल,असोज ३  ।

    आठौँ संविधान दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले दीप प्रज्ज्वलन गरेको छ ।

    एक कार्यक्रमका बिच बुटवलको अस्पताललाइनमा दीप प्रज्ज्वलन गरिएको हो । समाजका शाखा सभापति कृष्ण भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै समाजका पूर्व जिल्ला सभापति कृष्ण पराजुलीले संविधानलाइ समय सापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो । 

    उत्कृष्ट भनिएको संविधान कार्यान्वयनमा समस्या देखिएको उहांको भनाइ  छ । त्यस्तै समाजका अर्का पूर्व जिल्ला सभापति लालहरी पाण्डेले संविधानको मर्म अनुसार दलहरु नै नचलेको आरोप लगाउनुभयो । उहांले संवैधानिक अधिकार पाउन पनि नागरिकले संघर्ष गर्नुपरेको बताउनुभयो । 

    समाजका रुपन्देही उपसभापति कपिल ज्ञवालीले जनताले चुनेका जनप्रतिनिधिले बनाएको संविधान जारी भएको दिनको उल्लासमा दीप बालेर खुुसीयाली साटिएको बताउनुभयो ।  उहांले संविधान कार्यान्वयनमा दलहरु गम्भिर बन्नुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रमको संचालन शाखा सचिब कृष्ण पाण्डेले गर्नुभएको थियो  । कार्यक्रममा पदाधिकारी,कार्यसमिति सदस्य तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिले सहभागिता जनाएका थिए ।

    samaj a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology