Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संविधान दिवस : यी हुन् मानपदवी पाउने पत्रकार (नामावलीसहित)

संविधान दिवस : यी हुन् मानपदवी पाउने पत्रकार (नामावलीसहित)

  • 2.0K
    SHARES

  • संविधान दिवस :  यी हुन् मानपदवी पाउने पत्रकार (नामावलीसहित)

    बुटवल,असोज ३ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधान दिवसको अवसरमा ९९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् ।

    घोषित सूचीमा केही पत्रकार र सञ्चारकर्मीहरुको नाम पनि समेटिएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सञ्चारकर्मी तारा भूषण दाहाल (भूषण दाहाल) लाई सुप्रबल जनसेवाश्री दिने घोषणा गरेकी छन् । 

    प्रबल जनसेवाश्री पत्रकारहरू जीवनप्रसाद पाण्डे, कृष्णप्रसाद बास्तोला, लक्ष्मीप्रसाद उपाध्याय र प्रकाशचन्द्र सुवेदी, सञ्चारकर्मीहरु सुरजसिंह ठकुरी र नारायणप्रसाद अधिकारी र फोटो पत्रकार हरि गोपाल प्रधानलाई दिने घोषणा गरिएको छ ।

    पत्रकार शिवबहादुर पुरी, वैद्यनाथ झा, शेरबहादुर सिंह, विमला भण्डारी, दिलीप पौडेल, बाला अधिकारी, राजन कुइँकेल, बिमल योगी, अजराज बम र सञ्चारकर्मी दुर्गा अधिकारीलाई जनसेवाश्री दिने घोषणा गरिएको छ । राष्ट्र यशोवद्र्धक पत्रकार लोकमणि पौडेललाई विभूषित गर्ने घोषणा राष्ट्रपतिले गरेकी छन् ।

    नेपाल सेवा प्रवीणबाट रोशनबहादुर खड्का, अभिशेख सोनी, चेतन पन्त, यमलाल भुषाल, गोपालकुमार झा, प्रकाश अधिकारी, टेकराज जोशी र उर्बशी बस्न्यातलाई दिने घोषणा गरिएको छ ।  यस्तै पत्रकार बद्री प्रसाद तिमल्सिनालाई समाजसेवा रत्न प्रदान गरिने भएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology