Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज ८ औं संविधान दिवस मनाईंदै

आज ८ औं संविधान दिवस मनाईंदै

  • 2.8K
    SHARES

  • आज ८ औं संविधान दिवस मनाईंदै

    बुटवल,असाेज ३ ।

    आज  ८ औं संविधान दिवस । नेपालको संविधान जारी भएको ७ वर्ष पूरा भएको छ। संविधानसभाबाट तत्कालिन राष्ट्रपति रामवरण यादवले ०७२ असोज ३ गते संविधान जारी गरेका थिए। 

    संविधान जारी भएको ७ वर्ष पूरा भएसँगै आज ८ औं संविधान दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाईंदैछ। 

    संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ।

    समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको बताइएको छ। 

    समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक-सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology