Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लन टेनिसमा न्यु होराईजन बुटवलका निश्चल ज्ञवालीले जिते दुई स्वर्ण पदक

लन टेनिसमा न्यु होराईजन बुटवलका निश्चल ज्ञवालीले जिते दुई स्वर्ण पदक

  • 1.6K
    SHARES

  • लन टेनिसमा न्यु होराईजन बुटवलका निश्चल ज्ञवालीले जिते दुई स्वर्ण पदक

    बुटवल,असाेज ३ ।

    काठमाण्डौमा जारी लन टेनिस प्रतियोगितामा बुटवल न्यु होराईजनका निश्चल ज्ञवालीले दुई वटा स्वर्ण हात पारेका छन ।

    टिम टेनिस नेपाल, धापाखेल ललितपुरको आयोजनामा काठमाण्डौमा भएको टिम टेनिस नेपाल जुनियर खुल्ला प्रतियोगिता २०७९ को यु–९ र यु–१० उमेर समुहमा बुटवलका निश्चल ज्ञवालीले स्वर्ण हात पारेका हुन ।

    आईतबार भएको पहिलो खेलमा यु–९ उमेर समुहमा ज्ञवालीले विश्वविशेष डल्लाकोटीलाई ५–३, २–४ र १३–११ को सेटमा पराजित गर्दै उपाधि चुमे । यसैगरि यु–१० उमेर समुहमा पनि ज्ञवालीले दर्लाकोटीलाई १–६, ६–३, १०–५ को सेटमा पराजित गर्दै उनले दोस्रो स्वर्ण चुमेका हुन ।

    ज्ञवाली न्यु होराईजनमा कक्षा ५ मा अध्यरत छन । नेपाल लन टेनिस संघका अध्यक्ष ज्योती राणाले देशभरमा लन टेनिसको उमेर समुहका खेलाडी उत्पादन भैरहेको बताए ।

    भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म संचालन भएको प्रतियोगितामा ८, ९, १०, १२, १४, १६ उमेर समुह र खुल्ला ईभेन्ट गरि देशभरबाट एक सय बढी खेलाडीहरु सहभागी छन । बुटवल लन टेनिस कोर्टमा हाल विभिन्न उमेर समुहका दुई दर्जन बालबालिकाहरु लन टेनिस प्रशिक्षण लिईरहेका छन । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology