Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लकडाउन र निषेधाज्ञा नमान्ने उद्योग व्यापार संगठन रुपन्देहीकाे चेतावनी

लकडाउन र निषेधाज्ञा नमान्ने उद्योग व्यापार संगठन रुपन्देहीकाे चेतावनी

  • 8.1K
    SHARES

  • लकडाउन र निषेधाज्ञा  नमान्ने उद्योग व्यापार संगठन रुपन्देहीकाे चेतावनी

    भैरहवा, भदौ १६  । 


    उद्योग व्यापार संगठन रुपन्देहीले अबदेखि बन्दाबन्दी र निषेधाज्ञा व्यवसायीले नमान्ने बताएको छ । अन्तिम पटक भनी यही भदौ १४ गते भएको बैठकमा प्रशासनले अनुरोध गरेकोले अन्तिम पटकका लागि फरक विचार हुँदाहुँदै पनि समर्थन गरेको संगठनले जानकारी गराएको छ ।

    भदौ २१ गतेदेखि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशिका पालना गरी उद्योग, व्यवसाय सञ्चालन गर्न दिनुपर्ने विषयमा नगरपालिका र जिल्ला प्रशासनसंग सहमति गरिने र नमानेको खण्डमा व्यवसाय खोल्नको लागि सूचना समेत जारी गरिने उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।

    ‘लकडाउनले गरिखाने व्यवसायीहरु थिचोमिचोमा परेको र आफ्नो व्यवसाय पूर्ण रुपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भएकोले सरकारले आफु मातहतका विद्युत, टेलिफोन, खानेपानी महसुल तथा कर कुनैमा पनि केही छुट नदिएको तर उद्योगी व्यवसायीहरु उद्योग व्यवसाय बारम्बार बन्द गरेर बस्नुपर्ने अवस्था छ, भण्डारीले भने ।

    मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै निरन्तर रुपमा हुने लकडाउन र निषेधाज्ञा गर्न नहुने संगठनले सुरुदेखि नै माग गर्दै आएको जनाएको छ ।

    ‘निरन्तरको लकडाउनले उद्योग व्यवसायीहरुले बैंकको ऋण, व्याज र किस्ता तिर्न नसक्ने, घरबहाल, विद्युत, खानेपानी, टेलिफोन आदि न्यूनतम बिलहरु भुक्तानी गर्न नसक्ने, उद्योगीहरुले कच्चापदार्थ र तयारी वस्तु ओसारपोसारमा समस्या भएको, पसलहरुमा रहेको सामान सड्ने, बिग्रने, मिस्त्री, मजदूर, प्राविधिक आदिको व्यवस्थामा समस्या भएको छ, विज्ञप्तीमा उल्लेख छ । 

    उद्योगी व्यवसायीले तिर्नुपर्ने खर्चहरु रिडिङ मिटर जस्तै बढिरहने र बन्दाबन्दीका कारण उत्पादन विक्री गर्न नपाउने भएको हुँदा बन्दाबन्दी र निषेधाज्ञा गर्न नहुने संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology