Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरियन भाषा परीक्षामा उत्तीर्ण विद्यार्थीलाई दीप एजुकेशनद्वारा बधाई तथा सम्मान

कोरियन भाषा परीक्षामा उत्तीर्ण विद्यार्थीलाई दीप एजुकेशनद्वारा बधाई तथा सम्मान

  • 1.5K
    SHARES

  • कोरियन भाषा परीक्षामा उत्तीर्ण विद्यार्थीलाई दीप एजुकेशनद्वारा बधाई तथा सम्मान

    बुटवल,असाेज १ ।

    दीप एजुकेशन हव प्रा.लि.ले  कोरियन भाषा परीक्षा २०२२ मा  उत्तीर्ण भएका विद्यार्थीहरुलाई  बधाई तथा सम्मान गरेको छ ।  बुटवलमा  शनिबार एक कार्यक्रमका बीच उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको हो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बोल्दै विदेशमा गएर सिकेर आएको सीपलाई स्वदेशमा नमुना योग्य काम गर्नुपर्ने बताईन । उनले विदेशमा गएर सिकेको सीप, क्षमता र ज्ञानलाई उपयोग गर्दै स्वदेशमा उद्ममशीलता प्रबद्र्धन गर्नुपर्ने बताईन ।

    deep edu.jpg

    कार्यक्रममा बोल्दै श्रम तथा रोजगार मन्त्रालयका शाखा अधिकृत केशरराज भट्टराईले विदेशमा गएर सिकेर आएको सीपलाई स्वदेशमा आएर नमुना योग्य काम गर्नुपर्ने बताए । उनले केही कन्सल्टेन्सीले मानव तस्करको काम गरेको भन्दै त्यो पेशा गर्ने व्यक्ति तथा संस्थालाई कारवाही समेत गरिने बताए ।

    दिप एजुकेशन हव प्रालिका संस्थापक अध्यक्ष तथा प्रमुख कोरियन भाषा प्रशिक्षक  दीपक लम्सालले बोल्दै विद्यार्थीको निरन्तर मिहिनेत  र  प्रयासबाट नै सफलता मिलेको बताए  । उनले दीप एजुकेशनमा उत्तीर्ण भएका विद्यार्थीको नतिजा नेपालकै उत्कृष्ट नतिजा भएको दावी गरे । कोरियन भाषा इजी र एमएफ पहिलो चरणको एपीएस कोरियन भाषाको परीक्षामा सहभागी १ सय ११ जना बिद्यार्थीहरुमध्ये ९२ जना विद्यार्थी उत्तीर्णं भएका थिए ।

    कार्यक्रममा लियो क्लब अफ बुटवल सेन्ट्रलका भाइस प्रेसिडेन्ट विकास टण्डन, कोरियन भाषा उत्तीर्ण विद्यार्थी ईस्सान अलि, शारदा कार्की, महेन्द्र अधिकारी र महेन्द्र पौडेलले आ–आफ्नो भनाई राखेका थिए । संस्थाका  सहायक कोरियन भाषा प्रशिक्षक अरुण पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन जिडी शिखरले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology