Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जाजरकोटका शाही बाँकेमा १० किलो ४ सय ग्राम लागु औषध अफिमसहित पक्राउ

जाजरकोटका शाही बाँकेमा १० किलो ४ सय ग्राम लागु औषध अफिमसहित पक्राउ

  • 2.4K
    SHARES

  • जाजरकोटका शाही  बाँकेमा १० किलो ४ सय ग्राम लागु औषध अफिमसहित पक्राउ

    दाङ,कार्त्तिक २२ ।

    जाजरकोटका एक व्यक्ति बाँकेवाट दश किलो चारसय ग्राम लागु औषध अफिमसहित पक्राउ परेका छन् ।

    जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नं. २ निवासी ३७ बर्षीय तिलकबहादुर शाही बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. ८ रनियापुरबाट पक्राउ परेका हुन ।

    जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आशंका लागेर खान तलासी गर्ने क्रममा शाहीले बोकेको झोलावाट उक्त परिमानमा अफिम बरामद भएको जानकारी दिए ।

    शाहीको झोलावाट ११ वटा प्लाष्टिकमा पेटी बनाई राखेको अवस्थामा अफिम बरामद भएको एसपी रानाले बताए ।

    लागु औषधको अवैध कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर, शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालयबाट विशेष प्रहरी टोलीले बिहीवार दिउँसो ४ बजेतिर शाहीलाई नियन्त्रणमा लिएको रानाले जानकारी दिएका छन् ।

    पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।ofim baramad police (1).JPG

    त्यस्तै बिहीवार मात्रै जाजरकोट जिल्लाका दूई व्यक्ति रुकुम पश्चिम जिल्लामा  १२ केजी अफिमसहित पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा जाजरकोट जिल्लाको नलगाड  नगरपालिका वडा नं. ८ निवासी ४६ बर्षीय मालबहादुर सिंह र सोही ठाउँ निवासी ६० बर्षीय कालिबहादुर सिंह रहेका छन् ।

    उनीहरु रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. ९ राडी बजारस्थित धिरेन्द्र शाहको घरवाट पक्राउ परेका हुन । जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक हरि वलीका अनुसार उनीहरुलाई शाहको घरमा कोठा भाडामा बस्दै आएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology