अछाम,असाेज १ ।
अछामको विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ। तीन दिनदेखिको अविरल बर्षाका कारण आएको पहिरोमा घर पुरिएर ७ जनाको मृत्यु भएको हो।
कमलबजार नगरपालिकाका- ६ मा ४ जना, तुर्माखाँद गाउँपालिकामा-५ मा २ जना र ढकारी गाउँपालिकामा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
लगातार पानी परिरहेकाले विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। बिजुली बत्ती र सञ्चार विच्छेद भएको र उद्धार कार्यमा कठिनाई भइरहेको डीएसपि नारायण डाँगीले बताए। खोजी तथा उद्धारका कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने उनले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)