Logo बिहिवार, आश्विन १ गते २०८३
images

कसौधन महिलाद्वारा पाँचजना विपन्न विद्यार्थीलाई छात्रवृत्ति

कसौधन महिलाद्वारा पाँचजना विपन्न विद्यार्थीलाई छात्रवृत्ति

  • 1.6K
    SHARES

  • कसौधन महिलाद्वारा पाँचजना विपन्न विद्यार्थीलाई छात्रवृत्ति

    बुटवल,भदौ ३१ ।

    कसौधन महिला समिति बुटवल रुपन्देहीले गरिव तथा जेहन्दार पाँच जना विद्यार्थीलाई एक वर्षको पुर्ण छात्रवृति प्रदान गरेको छ ।

    राष्ट्रिय बाल दिवसको अवसर पारेर कसौधन महिला समितिले शुक्रबार बुटवल गणेस्थान मन्दिर नजिकै अवस्थित सरस्वती आधारभुत विद्यालयका पाँच जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको हो ।

    समितिका अध्यक्ष निशा कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा कसौधन सेवा समितिका अध्यक्ष राधेश्याम कसौधन, महिला समितिका संस्थापक अध्यक्ष पुष्पा कसौधन, विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद खरेल, सेवा समितिका उपाध्यक्ष सन्दिप कसौधन, युवा समितिका संस्थापक अध्यक्ष धर्मेन्द्र कसौधन, कार्यक्रमका संयोजक रेखा कसौधन, कोषाध्यक्ष पुनम कसौधन लगायतले छात्रवृति अन्तरगतका सामग्री विद्यार्थीलाई प्रदान गर्दै साना विद्यार्थीको अध्ययनमा हौसला र प्रोत्साहनका लागि छात्रवृति कार्यक्रम फलदायि हुने बताउनुभयो ।

    महिला समितिका महासचिव आशा कसौधनको संचालनमा भएको कार्यक्रममा  गरिव तथा जेहन्दार विद्यार्थीका लागि स्कुले पोषाक, शैक्षिक सामग्री र एक वर्ष अध्ययनमा लाग्ने शुल्क प्रदान गरिएको थियो ।

    उक्त विद्यालयको कक्षा एकमा अध्ययनरत विद्यार्थी समिर बानिया, कक्षा दुईका रविना गुरुङ्ग, कक्षा तीनका मोहम्मद मसिम, कक्षा चारका वर्षा कुमाल र कक्षा पाँचका दिपीका विकलाई छात्रवृति प्रदान गरिएको महिला समितिका उपाध्यक्ष पुजा कसौधनले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology