Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मन्त्रिपरिषदको बैठक सुरु ,संसद्को ११ औं अधिवेशन अन्त्यको सिफारिस हुने

मन्त्रिपरिषदको बैठक सुरु ,संसद्को ११ औं अधिवेशन अन्त्यको सिफारिस हुने

  • 1.8K
    SHARES

  • मन्त्रिपरिषदको बैठक सुरु ,संसद्को ११ औं अधिवेशन अन्त्यको सिफारिस हुने

    काठमाडौं भदौ ३१ ।

    मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ । शुक्रबार विहान ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए ।

    ती मन्त्रीका अनुसार बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने छ ।

    प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने सरकारको तयारी छ । समानुपातिकको बन्दसूची बुझाउनुअघि राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको उनको भनाइ छ ।

    निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारको बन्दसुची बुझाउन आइतबार र सोमबारका लागि समय तोकेको छ । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology