Logo बिहिवार, आश्विन १ गते २०८३
images

ट्रेड यूनियनद्वारा राप्ती प्राविधिक शिक्षालय स्थानान्तरणको विरोध

ट्रेड यूनियनद्वारा राप्ती प्राविधिक शिक्षालय स्थानान्तरणको विरोध

  • 4.0K
    SHARES

  • ट्रेड यूनियनद्वारा राप्ती प्राविधिक शिक्षालय स्थानान्तरणको विरोध

    दाङ,कार्तिक २१-

    प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद अन्तरगतका क्रियासिल ट्रेड यूनियनहरुले राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण गर्ने कार्यको विरोध गरेको छ ।

    शिक्षालयलाई स्थान्तरण गरि त्यहाँ लुम्बिनी प्रदेश सरकार सञ्चालनका लागि आवश्यक संरचनाहरु निर्माण गर्ने चर्चा चलेपछि क्रियासिल ट्रेड यूनियनहरुले त्यसप्रति आपत्ति जनाएका छन् ।

    कर्मचारी संघका अध्यक्ष नविनकुमार गुरुङ र राष्ट्रिय कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद रिमालले बिहीवार एक संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षालय स्थान्तरण गर्ने कार्य तुरुन्त रोक्न आग्रह गरेका छन् ।

    विक्रम संवत २०५० सालमा स्थापना भएको राप्ती प्राविधिक शिक्षालयमा स्वास्थ्य, कृर्षि र निर्माण सम्वन्धि विषयहरुको प्राविधिक पढाई हुँदै आएको छ । यो शिक्षालयले एक वर्षमा झन्डै १ हजार २ सय विद्यार्थीलाई प्राविधिक शिक्षा दिने गरेको छ ।

    करिव १६ विगाहा क्षेत्रफलमा फैलिएको शिक्षालयमा २२ वटा भवनहरु रहेका छन् । 124010810_352518742514157_7997421970444574363_n.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology