Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउमा वक्तृत्वकला, नृत्य , गायन र कविता वाचन प्रतियोगिता

तिनाउमा वक्तृत्वकला, नृत्य , गायन र कविता वाचन प्रतियोगिता

  • 3.6K
    SHARES

  • तिनाउमा वक्तृत्वकला, नृत्य , गायन र कविता वाचन प्रतियोगिता

    बुटवल,भदाै ३० ।

    तिनाउ ईबो स्कुलमा ५८ औँ अवसर राष्ट्रिय बालदिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरू  सम्पन्न भएको छन् ।

    बालमैत्री समाजको आधार : जिम्मेवार परिवार,उत्तरदायी सरकार भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा सयौँ विद्यार्थीको उपस्थिति रहेको थियो।  कार्यक्रममा वक्तृत्वकला, नृत्य , गायन र कविता वाचन प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

    विद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डेको प्रमुख आतित्थ्यता तथा प्राचार्य सीता पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बालबालिकाहरूले बाल अधिकार बालदिवसको महत्त्वबारे आफ्ना विचारहरु व्यक्त गरेका थिए । यसै अवसरमा बोल्दै विद्यालयकी प्राचार्य तथा कार्यक्रमकी सभापति सीता पाण्डेले बालदिवसको  इतिहासबारे  जानकारी प्रदान गर्नुभएको थियो ।

    साथै बालदिवसका सकारात्मक  पक्षहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि यज्ञमूर्ति पाण्डेले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा बाल दिवसको महत्व बढिरहेको जानकारी प्रदान गर्नुभएको थियो । 

    कार्यक्रममा विभिन्न तहका विद्यार्थीहरुले हातले बनाएका बाल अधिकारसम्बन्धी प्लेकार्ड प्रदर्शन गरिएको थियो। कक्षा ६ देखि १० विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गरिएको खुल्ला कविता वाचन प्रतियोगिता कक्षा आठमा अध्यनरत छात्र विश्वास खातीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।

    नेपाली विषय शिक्षक विश्वास भण्डारीको अगुवाइ र अतिरिक्त क्रियाकलाप इञ्चार्ज वेद न्यौपानेको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा कक्षा ९ सनकी छात्रा कृति न्यौपाने प्रथम , कक्षा ६ मुनकी छात्रा प्रकृति अधिकारी द्वितीय र कक्षा ७  सनकी छात्रा स्मारिका नेपालले तृतीय स्थान हासिल गर्नुभएको थियो।

    विविध प्रतियोगितामा प्रथम, द्घितीय र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगीहरुलाई विद्यालयका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि यज्ञमूर्ति पाण्डे र प्राचार्य सीता पाण्डेले टीका लगाएर पुरस्कार प्रदान गरेको  कार्यक्रमका अतिथि तथा विद्यालयका सहप्रचार्य ईश्वरी प्रसाद पाण्डेले बताउनुभयो। कार्यक्रम सञ्चालन विद्यालयकी शिक्षिका कविता थापाले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology