Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२० औँ लिस्नुकप फुटबल : आयोजक लिस्नु क्लव सेमिफाइनलमा

२० औँ लिस्नुकप फुटबल : आयोजक लिस्नु क्लव सेमिफाइनलमा

  • 1.2K
    SHARES

  • २० औँ लिस्नुकप फुटबल : आयोजक लिस्नु क्लव सेमिफाइनलमा

    भैरहवा,भदौ ३० ।

    आयोजक लिस्नु युवा क्लव  रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।

    बुधवार कोटीहवा स्थित पशुपति माविको मैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनलमा प्रतियोगिताको दाबेदार मानिएको भैरहवाको अञ्चलपुर युवा क्लव(एवाईसी)लाई २–१ गेल अन्तरले पराजित गर्दै आयोजक लिस्नुले सेमिफाइनलको यात्रा तय गरेको हो ।

    पुर्बाद्र्धको ३५ मिनेट १–० गोलले अग्रता गरे पनि अञ्चलपुर उत्तराद्र्धको खेलमा सम्हालिन नसक्दा २ गोल खान पुग्यो । अञ्चलपुरको कमजोर रक्षापंतीलाई तोडदै आयोजक लिस्नुले जित सुनिश्चित गरयो ।

    खेल सुरु हुन लाग्दा भएको बर्षाले मैदान हिलाम्मे मैदान बन्दा उत्तराद्र्धमा खेलमा फर्कने प्रयास अञ्चलपुरले गरे पनि असफल भयो । अञ्चलपुरको केही राम्रा प्रहार जस्ले खेललाई बराबरीमा ल्याउन सक्थ्यो लिस्नुका गोलरक्षकले असफल तुल्याए ।

    खेल सुरु भएको २५ मिनेटमा अञ्चलपुरका शिशिर लेखीले पहिलो गोल गर्दै १–०ले अग्रता दिलाउन सफल भएका थिए । पुर्बाद्र्धको ३५ मिनेट सम्म अग्रता जोगाउन अञ्चलपुर सफल भए पनि उत्तराद्र्धमा बचाउन सकेन् ।

    उत्तराद्र्धको ३९ औं मिनेटमा लिस्नुका खेलाडीलाई डि क्षेत्र भित्र अञ्चलपुरका रक्षकले  लडाए पछि पेनाल्टी हान्ने अवसर पाएको लिस्नुले सहजै गोल गर्दै खेललाई १–१को बराबरीमा ल्यायो । लिस्नुबाट खेलेका अफ्रिकन खेलाडी फोफनाले पेनाल्टीमा गोल गरेका थिए । ४५ मिनेटमा राजेन्द्र रावलले गोल गर्दै लिस्नुलाई २–१को अग्रता दिलाए ।

    अन्तत वर्षा द्धारा प्रभावित ७० प्लस ९ मिनेटको   खेलमा लिस्नुले जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरयो ।

    खेलमा लिस्नुका राजेन्द्र रावलले उत्कृष्ट खेल प्रदर्शन गरेबापत म्यान अफ द म्याच घोषित हुदै ३ हजार रुपैया पुरस्कार प्राप्त गरे । रावललाई अञ्चलपुर युवा क्लवका अध्यक्ष एवं समाजसेवि सुर्य कुमार सारु मगरले पुरस्कृत गरे ।

    त्यसै गरी  माईडियाको अधिकृत बिक्रेता प्रेमपदमा ट्रेडर्श भैरहवा  द्धारा प्रायोजित माईडिया म्यान अफ द मुमेन्ट बाट अञ्चलपुरका  शिशिर लेखी पुरस्कृत भए । उन्लाई माईडियाका प्रबन्धक कमल गुरुंगले उपहार सहित पुरस्कृत गरे ।   पुरस्कृत भए ।

    प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको प्रतियोगिताको सेमिफाईनल खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।  लिस्नु कपको बिजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् ।

    त्यस्तै गरी सेमिफाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्बाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए ।

    प्रतियोगितामा यस पटक सोहि स्थानकी श्रीमाया गुरुङ्गले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology