Logo बिहिवार, आश्विन १ गते २०८३
images

एभरेष्टद्वारा आश्रममा शैक्षिक सामग्री तथा विद्यार्थीलाई पुरस्कार वितरण

एभरेष्टद्वारा आश्रममा शैक्षिक सामग्री तथा विद्यार्थीलाई पुरस्कार वितरण

  • 1.5K
    SHARES

  • एभरेष्टद्वारा आश्रममा शैक्षिक सामग्री तथा विद्यार्थीलाई पुरस्कार वितरण

    बुटवल,भदाै ३० ।

    बुटवल–८, सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयले राष्ट्रिय बाल दिवसको अवसरमा मणिग्राम स्थित आत्म शान्ति अनाथ आश्रममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ ।

    आश्रममा आश्रित असहाय बालबालिकाहरुलाई एभरेष्टको साहित्य क्लवका सदस्य विद्यार्थीहरुको संयोजनमा कपि, कलम लगायतका शैक्षिक तथा दैनिक उपभोग्य सामग्री सहयोग गरिएको विद्यालयका सह–प्राचार्य भीमसेन गौतमले जानकारी दिनुभयो ।

    everest boarding.jpg

    यसैबीच बाल दिवसकै अवसर पारेर विद्यालयद्वारा शैक्षिक सत्र २०७६ र २०७७ मा कक्षा र समग्र विद्यालयबाट तहगत रुपमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको छ ।

    शैक्षिक सत्र २०७८ मा अतिरिक्त क्रियाकलाप अन्तरगत विभिन्न खेल र प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्ने ४ सय २० भन्दा बढी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

    आश्रममा आश्रित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रममा उत्कृष्ट भएका एभेरेष्टका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै प्राचार्य कृष्ण न्यौपानेले कलिला बालबालिकाहरुलाई डर, त्रास र करकापमा अध्यापन होईन, उनीहरु अनुकुलको वातावरणमा अध्यापन गराउनु पर्नेमा जोड दिनुभयो ।

    उहाँले बाल दिवसमा मात्र बालबालिकाको वृद्धि विकासका कुरा गर्ने मात्र नभई हरेक दिन बाल मानसिक्ताका आधारमा अध्यापनको वातावरण अगाउन आवश्यक रहेको बताउनुभयो ।ev.jpg

    कार्यक्रममा एभरेष्टका उपप्राचार्य उमेश रेग्मी,कृष्ण चाैहान क्षेत्री ,माला पाण्डे,  शिक्षक माधवप्रसाद पौडेल, सूर्य पौडेल लगायतले बालबालिकाहरुलाई उनी अनुकुलको वातावरण शिक्षालय र घरका आवश्यक रहेको धारणा राख्नु भयो । बाल दिवसकै अवसर पारेर विद्यालयले आयोजना गरेको विद्यार्थी प्रतिभा प्रदर्शन कार्यक्रममा विजयी ४० विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा दुई हजार विद्यार्थी सहभागि भएको विद्यालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology