Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलाेत्तमाका मेयर खाँणले बाँडे आफ्नाे सेवा सुविधा वापतकाे रकमबाट १४७ जना विद्यार्थीलाई छात्रबृत्ति

तिलाेत्तमाका मेयर खाँणले बाँडे आफ्नाे सेवा सुविधा वापतकाे रकमबाट १४७ जना विद्यार्थीलाई छात्रबृत्ति

  • 1.9K
    SHARES

  • तिलाेत्तमाका मेयर खाँणले बाँडे आफ्नाे सेवा सुविधा वापतकाे रकमबाट १४७ जना विद्यार्थीलाई छात्रबृत्ति

    बुटवल,भदाै ३० ।

    तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले आफ्नो सेवा सुविधा वापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेका छन्।

    ५८ औँ राष्ट्रिय बालदिवसकोे अवसरमा बुधबार आयोजित तिलोत्तमा नगर प्रमुख छात्रवृत्ति वितरण–२०७९ तथा जीवनी अन्तरसम्वाद कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रावृति वितरण गरिएका हुन् । नगरभित्रका ४२ सामुदायिक विद्यालयका १४७ जना जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई जनही ४ हजार छात्रवृत्ति प्रदान गरिएको हो ।

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफू प्रतिबद्ध रहेको बताउँदै नगरप्रमुख खाँणले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको बताए ।कार्यक्रममा बालबालिकाहरुले नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसँग अन्तरसम्वाद गरे।

    सो अन्तरसम्वादमा नगरप्रमुख खाँणले आफ्नो पालामा भन्दा अहिलेका बालबालिकाहरुलाई धेरै अवसरहरु रहेको बताए।अहिलेका बालबालिकामा चुनौतीसँगै अवसरहरु पनि धेरै रहेकाले अवसरहरुको सहि तरिकाले उपयोग गर्न बालकालिकाहरुलाई सुझाव दिए ।

    यस्तै उपप्रमुख चौधरीले आफ्नो पालको स्कुले जिवन धेरै दुृःखद रहेको स्मरण गर्दै छोरा र छोरीमा धेरै विभेद रहेको र छोरीलाई पढाउनु हुन भन्ने सोच रहेको उल्लेख गर्दै अहिले त्यो सोचमा परिवर्तन आएको देख्दा खुशि लाग्ने बताइन् ।

    साथै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आफ्नो पालमा कम्प्युटर र मोबाइल जस्ता प्रविधि नभएको र अहिले रहेको बताउँदै विद्यार्थीलाई यस्ता प्रविधिको सहि प्रयोग गरे धेरै कुरा सिक्न सकिने बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology