Logo बिहिवार, आश्विन १ गते २०८३
images

कामना सेवा बैंकद्वारा शान्ति नमुनामा शैक्षिक सामग्री बितरण

कामना सेवा बैंकद्वारा शान्ति नमुनामा शैक्षिक सामग्री बितरण

  • 1.6K
    SHARES

  • कामना सेवा बैंकद्वारा शान्ति नमुनामा शैक्षिक सामग्री बितरण

    बुटवल,भदौ २८ ।

    बाल दिवसको पुर्वसन्ध्यामा कामना सेवा विकास बैंकले शान्ति नमुना माध्यमिक विद्यालयमा शौक्षिक सामग्री बितरण गरेको छ । बालवालिकासँग कामना सेवा विकास बैंक भन्ने मुल नाराका साथ तिलोत्तमा५, मणिग्राम स्थित  शान्ति नमुनाका कक्षा ३ मा अध्ययनरत बालबालीकासँग केक काटी खुसि साटासाट गर्दै शौक्षिक सामग्री हस्तान्तरण गरेको हाे।

    बैँकको प्रादेशिक कार्यालय बुटवलद्वारा आयोजित बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रममा बैकंका प्रदेश प्रमुख मोहन दत्त खनालको अध्यक्षता एवम विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । 

    कार्यक्रममा प्रमुख अतिथी लामिछानेले कामना सेवा बिकास बैंकले विद्यार्थी लक्षित कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै उहाँले सामाजिक सेवा मानव सेवा रहेको बताउदै यस्ता नबिनतम कार्यमा बैंकले निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।   

    बैंकले देशका विभिन्न भागमा छरिएर रहेका १३५ वटा शाखाहरुबाट यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगिने कुरा प्रदेश प्रमुख एव कार्यक्रमका अध्यक्ष मोहन दत्त खनालले प्रस्ट पार्नुभएको थियो।

    कोटिहवा क्लस्टरका प्रमुख रवी पौडेलको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा कार्यक्रमको सञ्चालन बुटवल क्लस्टर प्रमुख सुन्दर प्रसाद घिमिरेले गर्नुभएको थियो ।

     कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका कर्मचारी र विद्यार्थीको उपस्थिति रहेको थियो । १६० जना विद्यार्थीका लागि कपि , पेन एवम अन्य स्टेसनरी सामग्री बितरण गरिएको बैँकका तारा कार्कीले बताउनुभयो ।

    bank.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology