बिकास गौतम/ बुटवल,भदाै २८ ।
जेसिज अभियानमा जोडिएका युवाहरु रुपन्देहीको तिलोत्तमामा भेला हुने भएका छन् । नेपाल जेसिजको आयोजनामा हरेक बर्ष हुने जेसिसको क्षेत्र सम्मेलन अन्र्तगत क्षेत्र घ को आगामी सम्मेलन रुपन्देहीको तिलोत्तमामा हुने भएको छ ।
नेपाल जेसिसले आगामी जेसिस बर्ष २०२३ का लागी क्षेत्र घ सम्मेलन आयोजना गर्ने जिम्मेवारी तिलोत्तमा जेसिसलाई प्रदान गरेको छ । जेसिस अभियानमा जोडिएका युवाहरुको क्षेत्रिय सम्मेलनलाई जेसिसको मिनि अधिवेसनको रुपमा लिने गरिन्छ । नेपाल जेसिस अन्र्तगत चार वटा क्षेत्रहरु रहेका छन् । क्षेत्र घ अन्र्तगत पुर्व नवलपुरको गैडाकोट देखी पश्चिम महेन्द्रनगर सम्म रहेको छ ।
क्षेत्र सम्मेलनलाई जेसिस अभियान महत्वपुर्ण सम्मेलनको रुपमा लिने गरिन्छ । क्षेत्र घ अन्र्तगत ५५ वटा शाखाहरु रहेका छन् भने यस क्षेत्रमा झण्डै ७ हजार भन्दा बढी युवाहरु जेसिस अभियानमा जोडिएका छन् । तिलोत्तमा जेसिसले आयोजना गर्ने क्षेत्र घ सम्मेलनमा दुइ हजार भन्दा बढी युवाहरु रुपन्देहीको तिलोत्तमा नगरपालीकामा भेला हुने भएका हुन । जेसिसको मिनी अधिवेसनको रुपमा समेत चिनिने क्षेत्र सम्मेलनलाई अर्थपुर्ण अवसरका रुपमा पनि लिने गरिन्छ । बिशेषत जेसिसलाई १८ बर्ष देखी ४० बर्ष सम्मका युवाहरुको सस्थाको रुपमा लिने गरिन्छ । यसर्थ पनि जेसिसको क्षेत्र सम्मेलनमा सो उमेर समुहका युवाहरुको सहभागीता रहने गर्दछ ।
पटक पटक नेपालको सर्वोत्कृष्ट नगरपालीकाको रुपमा परिचित तिलोत्तमा नगरपालीकामा क्षेत्र घ सम्मेलन आयोजना हूनुले समग्र तिलोत्तमा नगरको पर्यटन बिकासमा थप टेवा पुग्ने तिलोत्तमा जेसिसका सस्थापक अध्यक्ष बिनोद ढकालले बताए । सन् २०१२ मा रुपन्देहीको साबिक आनन्दवन गा.वि.सलाई मुख्य कार्य क्षेत्र बनाएर स्थापना भएको तिलोत्तमा जेसिसले आगामी जेसिस बर्ष २०२३ को लागी क्षेत्रीय सम्मेलन गर्ने अवसर पाउनु तिलोत्तमा नगर मात्र नभएर समग्र रुपन्देहीको पर्यटन बिकासमा टेवा पुग्ने विश्वास लिईएको छ ।
देशका विभिन्न क्षेत्रमा सक्रिय र क्रियाशिल युवाहरु तिलोत्तमा नगरमा भेला हुनुले पनि आगामी दिनमा यस क्षेत्रको पर्यटन सँग व्यवापारीक सेवा विस्तारमा पनि सहयोग पुग्ने ढकालको भनाई छ । यही भदौ २४ र २५ गते कैलालीको टिकापुरमा सम्पन्न भएको नेपाल जेसिस क्षेत्र घ सम्मेलनले आगामी बर्षको सम्मेलनको लागी तिलोत्तमा जेसिसलाई सर्वसम्मत रुपमा पारित गरेको हो । टिकापुरमा सम्पन्न सम्मेलनमा तिलोत्तमा जेसिसका निर्वतमान अध्यक्ष बासुदेव शर्माको संयोजकत्वमा आगामी बर्षको क्षेत्र घ सम्मेलनको लागी शाखाले प्रस्तावना पेश गरेको थियो ।
नेपाल जेसिसको विद्यान बमोजीम जेसिसका कुनै पनि सम्मेलन तथा कार्यक्रम आयोजना गर्नको लागी जेसिस सचिवालयमा प्रस्तावन पेश गर्नु पर्ने हुन्छ । सोही अनुसार तिलोत्तमा जेसिसले पनि आगामी सम्मेलनको लागी पेश गरेको प्रस्तावना सर्वसम्मत रुपमा पाश भएको छ । विशेषत प्रस्तावना पेश गर्ने क्रममा विभिन्न शाखाहरुले पनि प्रस्तावहरु पेश गर्ने गर्दछन ।
तर तिलोत्तमा जेसिसले गर्ने भनेको सम्मेलनको लागी भने अन्य शाखाहरुले प्रस्ताव समेत पेश नगरी सर्वसहमतीले तिलोत्तमालाई सम्मेलन आयोजना गर्न साथ दिनुले पनि तिलोत्तमा जेसिस सबै जेसिस मन हरुमा बस्न सफल भएको तिलोत्तमा जेसिसका अध्यक्ष बिनित भट्टराईले बताए । यस क्षेत्रमा मात्र हजारौको संख्यामा युवाहरु जेसिस अभियानमा आबद्ध छन् । क्षेत्र घ सम्मेलन अन्र्तगत मात्र रुपन्देहीको तिलोत्तममा आगामी बर्ष झण्डै एक हजार बढी युवाहरुले सम्मेलनमा भाग लिने तिलोत्तमा जेसिसका पुर्व अध्यक्ष यादव भट्टराईले बताए । सन् २०१७ मा तिलोत्तमा जेसिसले क्षेत्र घ अन्र्तगतका जेसिस शाखा अध्यक्षहरुको भेला सफलतापुर्वक सम्पन्न गरेको थियो ।
तिलोत्तमा जेसिजले सम्पन्न गरेको शाखा अध्यक्ष भेलाबाट उत्कृष्ट कार्यसम्पादनको अवार्ड समेत प्राप्त गर्न सफल भएको भट्टराईले बताए । उनी भन्छन “ सन २०१७ मा म शाखा अध्यक्ष हुदाँ हामीले शाखा अध्यक्षहरुको भेला सफलता पुर्वक सम्पन्न गर्न सफल भएका थियौ र उत्कृष्ठ भेला सम्पन्न गरेको भन्दै अवार्ड पनि प्राप्त गर्न सफल भएका थियौ । हामीले बर्ष २०२३ का लागी क्षेत्र घ सम्मेलन पनि सम्पन्न गर्नको लागी सर्वसम्मत रुपमा अवसर पाएका छौ । यो समग्र तिलोत्तमा बासीको लागी मात्र नभएर रुपन्देही जिल्लाकै लागी एउटा महत्वपुर्ण अवसर पनि हो । ” तिलोत्तमा नगरपालीका विभिन्न पटक उत्कृष्ठ नगरको रुपमा स्थापीत पालीका हो ।
देशकै सर्वोत्कृष्ठ नगरपालीकामा आयोजना हुने युवाहरुको सम्मेलनले समग्र यस क्षेत्रको पर्यटन बिकासमा महत्वपुर्ण टेवा पुग्ने विश्वास लिइएको छ । १८ बर्ष उमेर देखी ४० बर्ष उमेर समुहका युवाहरुको सम्मेलनले तिलोत्तमा नगरको मात्र नभएर समग्र रुपन्देही जिल्लामा अवस्थित पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार सँगै पर्यटन क्षेत्रको बिकासमा टेवा पुग्ने तिलोत्तमा जेसिसले विश्वास लिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)