Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकार महासंघ रुपन्देहीद्वारा ३१६ जना सदस्यको सामुहिक बीमा,शिखर इन्स्योरेन्ससँग सम्झौता

पत्रकार महासंघ रुपन्देहीद्वारा ३१६ जना सदस्यको सामुहिक बीमा,शिखर इन्स्योरेन्ससँग सम्झौता

  • 1.9K
    SHARES

  • पत्रकार महासंघ रुपन्देहीद्वारा ३१६ जना सदस्यको सामुहिक बीमा,शिखर इन्स्योरेन्ससँग सम्झौता

    बुटवल,भदाै २८ ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीले आफ्ना ३१६ जना सदस्यहरुको सामुहिक बीमा गरिदिएको छ । 

    सामूहिक बिमा अन्तरगत दुर्घटनामा १ लाख बराबरको औषधी उपचार दाबी गर्न पाउने गरी शिखर इन्स्योरेन्ससँग सम्झौतापत्रमा हस्ताक्षर गरी साटासाट गरेको महासंघका रुपन्देही अध्यक्ष रामराज पोखरेलले नागरिक अनलाइनलाइ बताए ।

    महासंघ अन्तरगत रहेका ३१६ जना सदस्यहरुको पेशागत सुरक्षाका लागि शिखर इन्स्योरेन्ससँग भदाै २८ गते महासंघ कार्यालयमै बिमा सम्झौता गरिएको हो ।

    महासंघमा आबद्ध सदस्यहरु कुनै पनि दुर्घटना परेको खण्डमा औषधाेपचार गराउन सहज हुने अपेक्षा गरिएको छ । बीमा सम्झौता मंगलबारबाट नै कार्यान्वयनमा जाने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाका बिकास गाैतमले बताए ।

    fnj bimaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology