Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा गएको छैन : शेखर गोल्छा

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा गएको छैन : शेखर गोल्छा

  • 2.0K
    SHARES

  • नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा गएको छैन :  शेखर गोल्छा

    बुटवल, भदौ २७।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा केही समस्या भए पनि देश श्रीलंका,बंगलादेश र पाकिस्तानको बाटोमा नगएको बताएका छन् ।

    सोमबार बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६९ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष गोल्छाले कोरोना महामारी,रुस युक्रेन युद्ध र कर्जा प्रवाहमा तरलताको अभाव लगायतका कारणले उद्योगी व्यवसायी ठूलो मारमा परेको भएपनि मुलुक श्रीलंका,बंगलादेश र पाकिस्तानको बाटोमा नगएको बताएका हुन् ।

    बैंकको व्याजदर सय प्रतिशत भन्दा बढी बृद्धि हुँदा उद्योगी व्यवसायीलाई ठूलो समस्या भएको बताउदै उनले उक्त समस्या आपसी छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

    मुलुकको अर्थतन्त्र सुधारको लागि सन् २०३० सम्मलाई तार्गेट गरेर महासंघले ल्याएको भिजन पेपरलाई सरकारले ईन्डोर गरेको बताउँदै उनले कतिपय समस्या सम्बोधन भईसकेको जानकारी गराए ।

    उद्योगी व्यवसायीको समस्याको समाधानको लागि महासंघले विज्ञहरुसंग आवस्यक सल्लाह र पैरवी गर्ने काम गरिरहेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले लुम्बिनी प्रदेश नेपालमै पहिलो लगानीमैत्री प्रदेशको रुपमा स्थापित हुने विश्वास ब्यक्त गरे ।

    भौतिक पूर्वाधारबिनाको औद्योगिक क्षेत्रको कुनै अर्थ नहुने भन्दै उनले भौतिक पूर्वाधारयुक्त औद्योगिक क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।

    shekhar golcha.jpg

    औद्योगिक विकासको लागि सरल तरिकाले जग्गाको प्राप्ती र प्राप्त भएको जग्गामा पूर्वाधार विकासमा सरकारले सघाउनु पर्ने बताउदै अध्यक्ष गोल्छाले औद्योगिक क्षेत्रमा उद्योगहरुलाई लिज सम्झौताको समयावधी पनि बढाउनु पर्ने आवस्यकता औल्याए ।

    कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले गौतमबुद्धको जन्मस्थल लुम्बिनी र भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका कारण यस क्षेत्रको आर्थिक विकासमा टेवा पुगेको बताउदै लगानीका हिसाबले लुम्बिनी प्रदेश उपयुक्त भएको बताए ।

    बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा मोतिपुर औद्योगिक क्षेत्र निर्माणको लागि जग्गाको नापजाँच सुरु भएको बताउदै औद्योगिक क्षेत्रले ओगटेको जनताको जग्गा फिर्ता गरी ५ सय बिघा जग्गामा स्मार्ट औद्योगिक क्षेत्र निर्माण गर्ने प्रयास भैरहेको जानकारी गराए । उनले बुटवल १५ मा नेपालकै ठूलो कृषि थोक बजार केन्द्र निर्माणको तयारी भएको बताए ।

    व्यवसायिक तथा औद्योगिक विकासको लागि बुटवल उपमहानगरपालिका सहकार्यको लागि तयार रहेको उनको भनाई थियो ।
    बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उद्योगी व्यवसायीको हित कसरी गर्न सकिन्छ भन्ने बिषयमा नगरपालिका लागि परेको बताउदै बुटवलको ट्राफिक व्यवस्थापनको लागि १ हजार ४४० वटा अटो रिक्सालाई मात्रै सञ्चालन अनुमती दिने निर्णय गरि दर्ताको काम सुरु भएको जानकारी गराइन् ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उद्योगी व्यसायीहरुले आफ्ना हक अधिकारसँगै उपभोक्ता हितमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिए । उनले रात्रीकालिन व्यवसाय मापडण्ड स्वीकृत भईसकेको जानकारी गराउँदै मापदण्ड अवलम्वन गरेर व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

    कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खुला सिमानाकाका कारण यस क्षेत्रका व्यवसायी मारमा परेको बताउदैै समस्या समाधानको लागि पहल गरिदिन महासंघलाई आग्रह गरे ।

    अध्यक्ष कसजूले चालू पूजी कर्जा मार्ग निर्देशन अव्यहारिक रहेको, समयमा सडक निर्माणको काम नसकिदा व्यवसायी मारमा परेको, तरलता अभाव, महंगी लगायतका समस्या समाधान गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

    उनले सरकारका अव्यवहारिक नीतिका कारण लागत बढ्नुको साथै प्रतिस्पर्धी क्षमतामा ह्रास आएको बताए ।
    संघका बरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठको धन्यवाद ज्ञापनसहित सम्पन्न कार्यक्रम संघका महासचिब बिमलराज भट्टराइको सञ्चालनमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology