Logo बिहिवार, आश्विन १ गते २०८३
images

 पर्यटकीय क्षेत्रको विकास पहिलो प्राथमिकता : नगर प्रमुख खिलध्वज पन्थी

 पर्यटकीय क्षेत्रको विकास पहिलो प्राथमिकता : नगर प्रमुख खिलध्वज पन्थी

  • 1.7K
    SHARES

  •  पर्यटकीय क्षेत्रको विकास पहिलो प्राथमिकता : नगर प्रमुख खिलध्वज पन्थी

    जनार्दन घिमिरे/गुल्मी, भदौ २७ ।

    गुल्मीको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल रेसुंगालाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्नका लागि स्थानीयतहहरुको भूमिका थप महत्वपूर्ण हुने बताईएको छ ।

    पर्यटनको विकासबाट स्थानीयतहमा आर्थिक उन्नती र विकासको संवृद्धिमा थप टेवा पुग्ने भएका कारण पनि स्थानीय पालिकाहरुले पर्यटन प्रवद्र्धनमा जोडदिनु पर्ने बताईएको छ । रेसुंगा क्षेत्रलाई कसरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने र त्यसको संरक्षण, संवद्र्धन र विकासमा देखिएका चुनौतीहरुलाई कसरी पहिचान गर्न सकिन्छ भन्ने उद्देश्यले रेसुंंगा नगरपालिकाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरोकारवालाहरुले उक्त कुरा व्यक्त गरेका हुन् । 

    कार्यक्रममा रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले गुल्मीको विकासका लागि मुख्य पर्यटकीय आधार रेसुंगा नै भएको भन्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषिसँगै पर्यटन क्षेत्रलाई पनि नीति तथा कार्यक्रमा पहिलो प्राथमिकतामा राखेको बताउनु भयो । नगर प्रमुख पन्थीले रेसुंगासँगै रुरुधाम, विचित्र गुफा, सामिले, टिमुरे, कंके देउराली लगायतका दर्जनौ ऐतिहासकि सम्पदाहरुको प्रचार प्रसार गर्न सकेमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिने कुरामा जोड दिनु भएको छ ।

    लुम्बिनी प्रदेश अन्र्तगत पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोसीले  पर्यटनको विकासका लागि सञ्चारकर्मीहरुको भूमिका महत्वपुर्ण रहने भन्दै स्थानीय तहहरुले सञ्चारकर्मी र सञ्चार माध्यमहरुलाई प्रोत्साहन र सहयोग गर्दै अघि बढ्नु पर्ने सुझाव दिनु भएको छ ।

     पर्यटन विकास परिषदले लुम्बिनी प्रदेशवाट राष्ट्रिय सञ्चार माध्यमहरुमा काम गर्ने पत्रकारहरुलाई पर्यटन प्रवद्र्धनका लागि जिल्ला अनुगमन भ्रमण गराउने क्रममा गुल्मीका पर्यटकीय स्थलहरुको भ्रमण गराई सुझाव संकलन गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology