बुटवल,भदौ २७ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका ठूला आयोजना निर्माणलाइ तिब्रता दिने भएको छ । एसियाली बिकास बैंक एडिबिको ऋण सहयोगमा तिलोत्तमा नगरमा ४ वटा ठूला आयोजना निर्माण हुने भएका हुन् ।
करिब ३५ करोडमा तिलोत्तमा १७ मा बहुउद्धेश्यीय सुविधासम्पन्न र आधुनिक चिस्यान केन्द्र बन्ने छ,यो पांच बिगाहा क्षेत्रफलमा बन्नेछ ।
नगरमा थप तीनवटा सुविधासम्पन्न कालोपत्रे सहितको सडक निर्माण हुने भएको हो । करिब ५५ करोडमा साढे ५ किलोमिटरको पथ्थरडांडा— तिनाउ सडक ,करिब ९४ करोडको लागतमा साढे ६ किलोमिटरको ड्राइभरटोल–शिवपूर सडक र ६ दशमलव १ किलोमिटर दुरी रहेको भलबारी–गुम्बा–तिनाउ सडक करिब ९४ करोडमा निर्माण हुने भएको हो ।
यसका लागि नगरपालिकाले सोमबार एडिबिका प्रतिनिधिको टोलीसंग परामर्श तथा आयोजनाबारे छलफल गरिएको नगर प्रमुख रामकृष्ण खांणले बताउनुभयो ।
नगरलाइ बिकासको दृष्टिले उत्कृष्ट बनाउने र यहांका नागरिकलाइ सुविधा दिन आयोजना निर्माणलाइ तिब्रता दिन लागेको उहांको भनाइ छ ।सो अबसरमा एडिबिका टीम लिडर डोङ्ग जोलीे आफुहरु सहकार्य गर्न तयार रहेको र बिकास निर्माणमा अवरोध नहुने वातावरण मिलाइदिन आग्रह गर्नुभयो ।
उहांले ९ वटा स्थानीय सरकारसंग आफुहरुले सहकार्य गरेको समेत जानकारी गराउनुभयो । प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले तिलोत्तमाको विकासमा सबै नागरिकको सहभागिता रहनुपर्ने बताउनुभयो ।
एडिबिले गरेको लगानी र नगरको प्रभावकारी भूमिकाले तिलोत्तमाको पहिचान फरक पाउने बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्राबिधिक प्रमुख इन्जिनियर प्रदीप बनले आयोजना निर्माणका क्रममा स्थानीयले साथ दिनुपर्ने बताउनुभयो । यी सबै आयोजनाको डिपिआर भएपनि समयानुकुल बनाएर थप स्टेमेट गर्नुपर्ने उहांको भनाइ छ ।
छलफलमा एडिबिका टिम जोली (बिदेशी नागरिक),ट्रन्स्पोर्टेशन एक्स्पर्ट यज्ञ बहादुर मल्ल ,इन्जिनियर प्रकाश राज सिवाकोटी ,टुरिज्म एक्पर्ट रवि जंग पाण्डे ,अर्वान डिजाइन एक्स्पर्ट बिबेक कार्की , सोइल वेस्ट म्यानेजमेन्ट एक्स्पर्टअशोक शाही,जीआईएस स्पेसलिस्ट मन्जु मुनानकर्मी, रिसर्च म्यानेजर रक्की कृष्ण तन्डुकार, ईन्भार्मेण्टल एक्स्पर्ट रिकेश चित्रकार, सोसल सेफ गार्ड प्रकाश पाण्डे, सर्भेयर रञ्जन सुवाल, आर्किटेक्ट बिबेक गौतम, असिस्टेन्ट म्यानेजर सोनिया भण्डारी, अफिस म्यानेजर बिक्रम सिंह विस्ट लगायतको सहभागितामा थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)