बुटवल,भदाै २६ ।
ग्याङ्स् अफ डिभाईन सोउल (गड साेउल) बुटवलको आयोजनामा बुटवल जितगढी किल्लामा बृक्षरोपण तथा सरसफाइ कार्यक्रम भएको छ ।
क्लवको पहिलो कार्यक्रम अन्तर्गत १९ वटा धुपी,हेविसक्रस,क्रोटन,हज लगायतका फूलका बिरुवा रोपिएको क्लवकी अध्यक्ष ईशा अर्यालले बताईन् ।
कार्यक्रममा बाेल्दै बुटवल वडा न १ का अध्यक्ष नरेन्द्र बस्नेतले सामाजिक कामहरुमा सहकार्य गरेर अघि बढ्ने बताए । उनले युवाहरुको क्लवले सानै उमेरदेखि समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्नु सकारात्मक रहेको बताए ।
साे अवसरमा बुटवल ११ का जनप्रतिनिधि नकुल शाही ठकुरी,कृष्ण भुसाल,कार्यक्रम संयोजक राजन ढकाल,कार्यक्रम संचालक सोनिया बन्जाडे लगायतले बाेलेका थिए ।
आगामी कार्यक्रमहरुमा आश्रममा सहयोग गर्ने,सचेतनामूलक कार्यक्रम गर्ने र सामाजिक काम गर्ने लक्ष्य रहेको क्लवकी अध्यक्ष ईशा अर्यालले बताईन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)