Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा खेलाडी तथा प्रशिक्षक सम्मान

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा खेलाडी तथा प्रशिक्षक सम्मान

  • 1.6K
    SHARES

  • मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा खेलाडी तथा प्रशिक्षक सम्मान

    बुटवल,भदौ २६ ।

    खेलकुदको विकासमा योगदान गरेकाको सम्मानमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रम गरेको छ ।

    मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देहीले विभिन्न प्रतियोगिता जितेका खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको हो । खेलाडी उत्पादन गर्न योगदान गर्ने प्रशिक्षक र राष्ट्रको इज्जत बढाउने खेलाडी सम्मानले मात्रै खेलकुदको विकास हुने भएकाले उनीहरुको सम्मान गरिएको केन्द्रीय अध्यक्ष ध्रुब आचार्यले बताए ।खेलाडी तथा प्रशिक्षकलाई पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विशेष समारोहबीच सम्मान गरे ।

    उनले खेलाडी देशको गहना भएको बताउदै त्यसलाई वास्तविकतामा उतार्न एकेडेमीबाट भएको कामको प्रशंशा गरे । खेलाडी राज्यको सम्पति भएको भन्दै पूर्वअर्थमन्त्री पौडेलले खेलाडी उत्पादनका लागि उनीहरुमा लगानी, सम्मान, प्रोत्साहन पहिलो आवश्यकता रहेको बताए । एउटा खेलाडीलाई आफ्नो निजी जीवनको समस्या अन्त्य गर्न सकेमात्र उनीहरुले देशलाई योगदान दिने बताए ।

    कार्यक्रममा एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले खेलाडी र प्रशिक्षकको सम्मान र प्रोतसाहनले खेल विकासमा योगदान दिने बताए । उनले लुम्बिनी खेलकुदको उर्भर भूमि भएको बताउदै एकेडेमीमा आवद्घ भएर आफू क्रिकेट खेलसंगै अन्य खेल विकासमा योगदान दिइरहेको बताए ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्वमन्त्री लीला गिरी , भोजप्रसाद श्रेष्ठ, एकेडेमीका केन्द्रीय सचिव शक्ती बस्नेत, भलिबल विभाग प्रमुख बुद्धि गुरुङ, टेबलटेनिस विभाग प्रमुख एकेडेमीका केन्द्रीय सदस्य नारायण पाण्डे, ओलम्पिक खेलमा पदक विजेता तुल बहादुर थापाले खेल विकासमा संस्थागत विकास जरुरी रहेको बताए ।

    कार्यक्रममा एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले देशमै अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सफल भएको बताए । अन्तर्राष्ट्रियस्तरको पुर्वाधार अभाव हुदा खेलाडीहरुलाई आवश्यक प्रशिक्षण र खेल गतिविधि गराउन समस्या देखिएको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

    मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्ला कमिटिका अध्यक्ष मणिरत्न भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्वमन्त्री लिला गिरि, भोजप्रसाद श्रेष्ठ, एकेडेमीका केन्द्रीय सचिव शक्ती बस्नेत, भलिबल विभाग प्रमुख बुद्धि गुरुङ, टेबलटेनिस विभाग प्रमुख एकेडेमीका केन्द्रीय सदस्य नारायण पाण्डे, ओलम्पिक खेलमा पदक विजेता तुल बहादुर थापाले खेल विकासमा संस्थागत विकास जरुरी रहेको बताए ।

    कार्यक्रममा एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले देशमै अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सफल भएको बताए । अन्तर्राष्ट्रियस्तरको पुर्वाधार अभाव हुदा खेलाडीहरुलाई आवश्यक प्रशिक्षण र खेल गतिविधि गराउन समस्या देखिएको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।
    मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्ला कमिटिका अध्यक्ष मणिरत्न भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology