Logo बिहिवार, आश्विन १ गते २०८३
images

फोटो पत्रकार महासंघ लुम्बिनीको अध्यक्षमा ढकाल,महासचिवमा चापागाई

फोटो पत्रकार महासंघ लुम्बिनीको अध्यक्षमा ढकाल,महासचिवमा चापागाई

  • 1.7K
    SHARES

  • फोटो पत्रकार महासंघ लुम्बिनीको अध्यक्षमा ढकाल,महासचिवमा चापागाई

    बुटवल,भदाै २६ ।

    नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेसनले हरिष ढकालको अध्यक्षतामा नया नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

    जसको उपाध्यक्ष कुलदीप न्यौपाने (दाङ),महासचिव खगप्रसाद चापागाई (कपिलबस्तु), सचिव रुपनी जिएम (बाके), कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ (रुपन्देही) तथा सदस्यहरुमा प्रेम विश्वकर्मा (बर्दिया), पहलमान घर्ती (रोल्पा), मुक्ति न्यौपाने (पाल्पा), अनिल खत्री (गुल्मी), सजना कार्की (पुर्वी रुकुम), बसन्त बिक (अर्घाखार्ची), असोक पौडेल कपिलबस्तु, बिमल पुरी (रुपन्देही) रहेका छन । यसैगरि अधिवेसनले सल्लाहकारहरु मनोज पौडेल (कपिलबस्तु), बसन्त गिरी (कपिलबस्तु), हरि शर्मा (नवलपरासी), सन्जय रिजाल (प्युठान), शम्भु पन्त (रुपन्देही) रहेका छन् ।

    एक समारोहका बिच शनिबार नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको महासचिव बिक्रम खड्काले उद्घाटन गर्दै फोटो पत्रकारीता पत्रकारीताको विधाको रुपमा रहेको बताए । फोटो पत्रकारीतामा लुम्बिनी प्रदेशको अगाडी रहेको भन्दै दक्ष जनशक्ति उत्पादनमा संस्थागत रुपमा लाग्न आग्रह गरे ।

    महासंघका अध्यक्ष मनोज पौडेललले नवनिर्वाचित अध्यक्ष हरिश ढकाललाई माईन्युट हस्तान्तरण गर्दै आफनो कार्यकालमा प्रदेशका फोटो पत्रकारहरुलाई संगठित गर्न सफल भएको बताए । महासंघको आधार तयार भएको भन्दै अब यसलाई रचनात्मक रुपमा अघि बढाउन नवनिर्वाचित पदाधिकारी, सदस्यहरुलाई सुझाव दिए ।

    कार्यक्रममा निर्वतमान उपाध्यक्ष सी.पी. खनालले देश चिनाउने र पत्रकारीताको विधाका रुपमा रहेको फोटो पत्रकारीतालाई प्राथमिकता दिनुपर्ने बताए ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढकालले आफनो कार्यकालमा फोटो थोरै तर प्रभावकारी कार्यक्रम गर्ने प्रतिवद्धता जनाउदै फोटो पत्रकारीता तालिम तथा अन्तरक्रिया गर्ने बताए ।

    यसैगरि अधिवेसनले चितवनमा हुने केन्द्रिय महाधिवेसनमा केन्द्रिय प्रतिनिधी चयन गर्ने र प्रदेशको प्रतिनिधित्व गर्ने गरि अध्यक्षलाई अधिकार दिईएको छ । यसैगरि प्रदेश समितिको कार्यालय बुटवलमा स्थापना गर्ने र सोको ब्यवस्थापन अध्यक्ष र कोषाध्यक्षले गर्ने गरि जिम्मेवारी दिने निर्णय गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology