Logo बिहिवार, आश्विन १ गते २०८३
images

दार्चुला : पहिरोमा पुरिएर २ जनाको मृत्यु,११ जना बेपत्ता

दार्चुला : पहिरोमा पुरिएर २ जनाको मृत्यु,११ जना बेपत्ता

  • 1.5K
    SHARES

  • दार्चुला : पहिरोमा पुरिएर २ जनाको मृत्यु,११ जना बेपत्ता

    दार्चुला,भदौ २५ ।

    दार्चुलामा शुक्रबार रातिबाट परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको छ । स्थानीय पत्रकार श्याम धामीका अनुसार जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो ।

    स्थानीय पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताए ।  शुक्रबार राति एक बजे तिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ । 

    यस्तै नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता रहेका छन् ।  पहिरोले सल्लाका आठ घर पुरिएका छन्, भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँचिएर घाइते अवस्थामा उद्धार गरिएको छ । नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशंका गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ ।  करिब डेढ दर्जन घरहरू बगेका छन् । अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाउनुको साथै हालसम्म ११ जना बेपत्ता भएको प्रहरी निरीक्षक मगरले जनाए ।

    उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology