Logo बिहिवार, आश्विन १ गते २०८३
images

शान्ति नमुनामा अभिभावक भेला

शान्ति नमुनामा अभिभावक भेला

  • 1.9K
    SHARES

  • शान्ति नमुनामा अभिभावक भेला

    बुटवल,भदाै २५ ।

    रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला गरिएको छ ।

    कक्षा ९ मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान तथा उनीहरुलाई गर्नुपर्ने प्रेरणाका सम्बन्धमा छलफल गरिएको थियो ।

    कार्यक्रममा  विद्यालयका नेपाली  माध्यम संयोजक लोकनाथ कंडेल, अङ्ज्रेजी माध्यम संयोजक दिपेन्द्र शाक्य, कक्षा १० का संयोजक शेखर पौडेल, कक्षा ९ का संयोजक रजनी के.सी.ले अभिभावकहरुले राख्नुभएको जिज्ञासा समाधान गर्दै विद्यालयका गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

    विद्यालयका सह–प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शिक्षक दिनेश खड्काले गर्नुभएको थियो । कार्यक्रममा कक्षा ९ मा अध्ययनरत ५ सय ८६ जना विद्यार्थीहरुका अभिभावहकहरुको सहभागिता रहेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology