Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेशनल प्याब्सन हाजिरी जवाफको उपाधि सैनामैनाको सुनगाभालाइ

नेशनल प्याब्सन हाजिरी जवाफको उपाधि सैनामैनाको सुनगाभालाइ

  • 1.7K
    SHARES

  • नेशनल प्याब्सन हाजिरी जवाफको उपाधि सैनामैनाको सुनगाभालाइ

    बुटवल, २४ भदौ ।

    नेशनल प्याब्सन जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सैनामैनाको सुनगाभा ईङलिस माध्यमिक विद्यालयले जितेको छ । रुपन्देही जिल्ला भरीका झण्डै दुई दर्जन संस्थागत विद्यालयहरु सहभागि भएको प्रतियोगिताको उपाधि सहित सुनगाभाले शिल्ड, प्रमाणपत्र तथा नगद जितेको छ ।

    राष्ट्रिय निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेशनल प्याब्सन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि हाजिरी जवाफ प्रतियोगिताको विजेता बनेको सुनगाभाले उपाधी सहित नगद ६ हजार जितेको हो । यस्तै प्रतियोगितामा देवदहको देवदह बोर्डिङ्ग स्कुल द्वितीय भएको छ । दोस्रो बनेको देवदहले शिल्ड, प्रमाणपत्र सहित ४ हजार ५ सय हात पारको छ । प्रतियोगितामा बुटवल ग्लोरी बोर्डिङ्ग स्कुल तृतीय हुँदै शिल्ड तथा ३ हजार र प्रोत्साहन पुरस्कार पाएको स्कलर्स होम बुटवलले १ हजार ५ सय नगद सहित शिल्ड तथा प्रमाणपत्र हात पारको छ ।

    नेशनल प्याब्सनका उपाध्यक्ष बिलप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा विजयी विद्यालयतथा विद्यार्थीलाई पुरस्कार वितरण गर्दै नेशनल प्याब्सनका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेलले विद्यार्थीको आन्तरिक तथा वाह्य क्षमता विकासका लागि विद्यार्थीहरु बीचमा प्रतियोगितात्मक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले समयसमयमा प्रतिस्प्रधात्मक कार्यक्रम विद्यालयले आयोजना गर्नु पर्ने उल्लेख गर्दै नेशनल प्याब्सनले विद्यार्थीको मनोवल तथा आत्मविश्वास बढाउने र प्रोत्साहन गर्ने कार्यक्रम गर्दै आएको बताउनुभयो ।

    नेशनल प्याब्सन रुपन्देहीका सचिव बाबुराम बन्जाडेको संचालनमा भएको कार्यक्रममा बौद्ध विश्व विद्यालयका  उकेशराज भोजु, अभिभाव संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, नेशनल प्याब्सन रुपन्देहीका निर्वतमान अध्यक्ष देउप्रकाश राई, सल्लाहकार राजु गुरुङ्ग, तिलव केसी, प्रकाश भट्टराई, सहसचिव विनोद थापा, आविस्कार पराजुली लगायतले बिजयी विद्यार्थीलाई बधाई तथा शुभकामना दिनु भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology