Logo बुधवार, श्रावण १३ गते २०८३
images

विष्णु पौडेलले भने-‘विकास सिक्न, बुझ्न र चिन्न रुपन्देही उपयुक्त पाठशाला भएको छ’

विष्णु पौडेलले भने-‘विकास सिक्न, बुझ्न र चिन्न रुपन्देही उपयुक्त पाठशाला भएको छ’

  • 1.7K
    SHARES

  • विष्णु पौडेलले भने-‘विकास सिक्न, बुझ्न र चिन्न रुपन्देही उपयुक्त पाठशाला भएको छ’

    बुटवल,भदाै २४ ।

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देही विकासको पाठशाला भएको बताएका छन् । देशका सबै निर्वाचन क्षेत्रको विकासको तथ्यांक हेरेर त्यसको पुष्टि भएको र यसमा सबैको साथ रहेको उनको भनाइ थियो ।

    ‘विकास सिक्न, बुझ्न र चिन्न रुपन्देही उपयुक्त पाठशाला भएको छ’, उनले भने, ‘यो कुनै व्यक्तिले भनेको विषय होइन । तथ्यांकले देखाएको विषय हो ।’

    बुटवलमा शुक्रबार आयोजित कानून विद्यार्थी समाज कालिकाको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले अरुले कल्पना नगरेको विकास रुपन्देहीबाट सुरु भएको दाबी गरे । रुपन्देहीलाई भौतिक पूर्वाधारको विकाससँगै मुलुकको शैक्षिक केन्द्रको रुपमा विकास गरिने उनले उल्लेख गरे ।

    ‘अरुले कल्पना नगरेका विकास निर्माणका काम हामीले अघि बढाएका छौं । भौतिक पूर्वाधारको विकासले मात्र होइन मानवीय विकासका हिसाबले पनि रुपन्देहीलाई पहिलो बनाउँछौं’, नेता पौडेलले भने ।

    उनले शैक्षिक विकासमा कालिका मानवज्ञानले मुलुकमै उत्कृष्ट पहिचान बनाउन सफल भएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology