Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२,चाैबीस घण्टामा थप १८ जनाको मृत्यु

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२,चाैबीस घण्टामा थप १८ जनाको मृत्यु

  • 2.7K
    SHARES

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२,चाैबीस घण्टामा थप १८ जनाको मृत्यु

    बुटवल,कार्तिक २०- 

    नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १८ जनाको मृत्यु भएको हो ।

    यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

    उनीहरुमध्ये एक हजार ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।१ लाख ४८ हजार ४०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ४०३ जना संक्रमणमुक्त भएका हुन् ।

    देशभर ३६ हजार ५१४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ५७४ संक्रमित होम आइसोलेसनमा छन् भने ४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १३९८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १०९१ जना, ललितपुरका १६० र भक्तपुरका १४७ जना छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology