Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रविलाल-वल्लवी थापा स्मृतिग्रन्थ विमोचन तथा सम्मान

रविलाल-वल्लवी थापा स्मृतिग्रन्थ विमोचन तथा सम्मान

  • 2.1K
    SHARES

  • रविलाल-वल्लवी थापा स्मृतिग्रन्थ विमोचन तथा सम्मान

    बुटवल,भदाै २३ ।

    रविलाल वल्लवी थापा स्मृतिग्रन्थ विमोचन तथा सम्मान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।  रवि पल्लवी  प्रतिष्ठानका  संरक्षक  हरिबहादुर थापाको अध्यक्षता तथा प्राडा राजाराम उपाध्याय सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वर्गीय रविलाल थापाका कान्छा सुपुत्र  प्राडा बुद्धबहादुर थापा प्रधान सम्पादक रहेको उक्त स्मृतिग्रन्थ विमोचन भएको हो। 

     प्रा डा इतिहासविद राजाराम सुवेदीले रविलाल एक व्यक्ति मात्रै नभएर गुल्मीको विकास निर्माणका निम्ति वटवृक्ष भएको विविध सन्दर्भ सहित चर्चा गर्नु भयो।

    गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा. नारायणप्रसाद पन्थले रविलाल थापा गुल्मीको समग्र विकासका निम्ति प्रेरणाका स्रोत भएको र उहाँले देखाउनु भएको मार्गमा हिड्न  सकेमा हाम्रो समाज रूपान्तर हुने बताउनु भयो।  सहप्राध्यापक लिलाबहादुर क्षेत्रीले आफु गुल्मी हुँदादेखि नै प्रतिपक्षमा रहेको तर रविलाल थापा गुल्मीको विकासका चिन्तक भएको बताउनुभयो।  

    गुल्मी  साविक पौदि अमराइमा जन्मनु भएका १७ वर्सको कलिलो उमेरमा बृटिस सेनामा भर्ती  हुनु भएका स्वर्गीय रविलाल थापा दोस्रो बिश्व युद्दमा बृटिस भारतबाट युद्दमा सहभागी हुँदा जापानमा  ४ वर्ष  युद्धबन्दी हुनुभएको  र ८ वर्षमा गुल्मीमा फर्केपछि पौदीअमराई गुल्मीमा लामो समय प्रधानपन्च हुँदै तत्कालीन जिल्ला पञ्चायतका सभापति, जिल्ला विकास समितिका सभापति भएर जनसेवकको परिचय दिएको पत्रकार महेन्द्र थापाले बताउनुभयो। 

    स्वर्गीय थापाका कान्छा सुपुत्र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा  नेपाल प्राध्यापक सङ्घका निवर्तमान अध्यक्ष प्राध्यापक डा बुद्धबहादुर थापाको स्वागत , गगन शीला खड्काको संचालनमा सम्पन्न उक्त कार्यक्रममा मेजर नरेश अर्यालले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

    रविलाल एउटा व्यक्ति मात्रै नभएर इतिहास पनि हुनुहुन्छ । स्वदेस फिर्ता भएपछि गुल्मीमा मिडिल स्कुलको स्थापना तथा  रेसुङ्गा क्याम्पस गुल्मीको स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका  थापा धेरै वर्ष  क्याम्पस व्यवस्थापन समिति अध्यक्ष हुनु भएको थियो। 

    गोर्खा दक्षिण बाहु २०४२ , राष्ट्र सेवा पदक २०५२ लगायत दर्जन बढी सम्मान र पुरस्कार प्राप्त गर्नुभएका थापा प्रेरणाका श्रोत भएको कुरा वक्ताहरुले व्यक्त गर्नुभएको थियो। उहाँ देशप्रेमी, इमान्दार र सादा जीवन उच्च विचारका धनी व्यक्तित्त्व हुनुहुन्थ्यो ।

    गुल्मीको सामाजिक तथा शैक्षिक विकासका धरोहर  समग्र जिल्लाको शैक्षिक,  सामाजिक, धार्मिक, सास्कृतिक एवम राजनीति जागरणमा महत्त्वपूर्ण योग्दान रहेको सहभागी वक्ताहरुले प्रकाश पानुभएको थियो। उक्त कार्यक्रममा  स्वर्गीय थापाकी कान्छी बुहारी आशा थापाले स्मृतिग्रन्थमा प्रकाशित लेखकहरुको सङ्क्षिप्त परिचय प्रस्तुत गर्नु भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology