Logo बिहिवार, आश्विन १ गते २०८३
images

एनएमबि बैंकद्वारा सुगर मिलका कर्मचारीसंग बित्तीय साक्षरता

एनएमबि बैंकद्वारा सुगर मिलका कर्मचारीसंग बित्तीय साक्षरता

  • 2.2K
    SHARES

  • एनएमबि बैंकद्वारा सुगर मिलका कर्मचारीसंग बित्तीय साक्षरता

    बुटवल,भदाै २३ ।

    एनएमबि बैंक कुडिया सुस्ता शाखाले बागमती खाडसरी सुगर मिलका कर्मचारीसंग बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

    एनएमबि बैंक सुस्ता शाखा प्रबन्धक कुलप्रसाद गौतमले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गरेका थिए। उनले  बैकिङ्ग  ज्ञान , सूचना  र विशेष गरी प्रीमियम सुपर तलव खाता, भिकेवाइसी तथा  मोबाईल बैकिङ्ग, एटीएम  तथा अन्य लाभादायक सेवाको बारे अभिमुखिकरण गरेका थिए । 

    कार्यक्रममा सुगर मिलका जनरल म्यानेजर टन्कनाथ पाण्डे , लेखापाल विजय गुप्ता लगायत  करिब ४० भन्दा बढीको सहभागी रहेको थियो ।

    एनएमबि बैंक एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology