Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल-नारायणगढ सडकखण्डको काम समयमा पूरा नभएपछि फेरि म्याद थप

बुटवल-नारायणगढ सडकखण्डको काम समयमा पूरा नभएपछि फेरि म्याद थप

  • 2.5K
    SHARES

  • बुटवल-नारायणगढ सडकखण्डको काम समयमा पूरा नभएपछि फेरि म्याद थप

    बुटवल,भदौ २३ ।

    राष्ट्रिय गौरवका आयोजना अन्तरगत निर्माणाधिन बुटवल—नारायणगढ सडकखण्डको काम समयमा पूरा हुन नसकेपछि फेरि म्याद थप गरिएको छ । एक वर्षका लागि सडक विस्तारको म्याद थपिएको हो । म्याद थप गरिएसँगै उक्त सडकखण्ड पूरा हुन अझै एक वर्षसम्म लाग्ने देखिएको छ ।

    सडक नबन्दा पूर्व पश्चिम भएर चल्ने सवारी साधन र यात्रुहरुले सास्ती खेप्दै आएका छन् । नवलपरासी पश्चिममा पर्ने पुर र कल्भडहरु भने पूरा भएका छन । सम्झौताअनुसार गत साउन तेस्रो हप्तामा सम्पन्न हुनुपर्ने सडकको काम अहिलेसम्म १८ प्रतिशत मात्र भएको छ ।

    गत साउनको २३ गतेदेखि लागू हुनेगरी एक वर्ष लागि आयोजनाको म्याद थपिएको नारायणघाट–बुटवल सडक विस्तार आयोजनाका पश्चिम सेक्टरका प्रमुख प्रदीपराज शाक्यले जानकारी दिए ।

    ४२ महिनाभित्र सम्पन्न गर्नेगरी उक्त सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । समयमा काम नगर्ने निर्माण कम्पनीलाई कोभिड–१९ को महामारीको कारण देखाउँदै म्याद थप गरिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology