बुटवल,भदौ २३ ।
विवेकशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल–१३ ले रूपन्देही दृष्टि बिहिन संरक्षण केन्द्रमा खाद्यान्न बितरण तथा खाना खुवाएको छ ।
सहकारीका अध्यक्ष पुर्णबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष टेकबहादुर थापा, सल्लाहकार पुरूषोतम घिमिरे,जनप्रतिनिधि ,मन्दिरा कडेल,सहकारीका सचिव भरत गौतम, रुपन्देही दृष्टि बिहिन संरक्षण केन्द्रका अध्यक्ष पदम बहादुर नेपाली,सहकारीक ,उपाध्यक्ष मधुकला कुवर लगायतले बोल्दै सहकारीले सामाजिक सेवालाइ प्राथमिकतामा राखेकोमा धन्यबाद दिएका थिए ।
कार्यक्रमममा केन्द्रमा रहेका अपांगता भएका तथा दृष्टिबिहिन गरि २५ जनालाइ एक छाक खाना खुवाइएको सहकारीका कोषाध्यक्ष टंक पराजुलीले बताउनुभयो । सो अबसरमा चामल,नुन,तेल,आलु,लगायत खाद्यान्न सामग्री केन्द्रका अध्यक्ष पदम बहादुर नेपालीलाइ हस्तान्तरण गरिएको थियो ।
यहि असाेज १४ गते हुने सहकारीको को १५ औं साधारणसभाको अवसरमा सामाजिक सेवा अन्तर्गत सहयोग गरिएको अध्यक्ष अध्यक्ष पुर्णबहादुर कार्कीले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)