Logo बिहिवार, आश्विन १ गते २०८३
images

जिफन्ट लुम्बिनीद्वारा नरबहादुर गाहालाई आर्थिक सहयोग

जिफन्ट लुम्बिनीद्वारा नरबहादुर गाहालाई आर्थिक सहयोग

  • 2.4K
    SHARES

  • जिफन्ट लुम्बिनीद्वारा नरबहादुर गाहालाई आर्थिक सहयोग

    बुटवल,भदौ २१ ।

    जिफन्ट लुम्बिनी प्रदेशले जिफन्ट आबद्ध एक सदस्यलाई आर्थिक सहयोग गरेको छ ।

    बुटवल दिपनगर स्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलमा लामो समय कार्यालय सहयोगीको रुपमा काम गरेका नर बहादुर गाहाँलाई मृगौला रोगको उपचारका लागि आर्थिक सहयोग गरेको हो । गाहा जिफन्ट आबद्ध नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी संघको सदस्य समेत हुन ।

    लामो समय देखि मृगौला रोग संग लडिरहेका गाहालाई जिफन्टले नगद ३० हजार रुपैया हस्तान्तरण गरेको छ । जिफन्ट प्रदेश कमिटि हुमकान्त काफ्ले, सचिव सन्तोष केसी सहितको टोलीले स्वास्थ्य लाभको कामना गर्दै आर्थिक रकम हस्तान्तरण गरेको थियो ।

    सो अवसरमा जिफन्ट प्रदेश कमिटि हुमकान्त काफ्लेले रोग संग लडिरहेका सदस्यलाई संस्थाले केही भएपनि उपचारमा सहयोग होस भनेर ३० हजार रकम प्रदान गरेको बताए ।

    रकम हस्तान्तरण कार्यक्रम गणेश खड्काको अध्यक्षता तथा अर्जुन भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology