बुटवल,भदौ २१ ।
अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालत कावासोतीले २ बर्ष ६ महिना कैद सजाय सुनाएको छ।पल शाहलाई लागेको बलात्कारको मुद्दामा नवलपुर जिल्ला अदालतले आज उक्त फैसला गरेको हो।
जिल्ला न्यायाधीश यज्ञ प्रसाद आचार्यको इजलाशले पल शाहलाई बालयौन दुराचार मुद्धामा २ बर्ष ६ महिना कैद सजाय सुनाएको छ। साथै क्षतिपूर्ति बापत १० लाख रूपैँया समेत तोकिएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)