बुटवल,भदाै २१ ।
रूपन्देही २ प्रदेशसभा क बाट युवा नेता सुदिप शर्मासहित ८ जनाका नाम सिफारिस भएको छ ।
मंसिर ४ गते हुने निर्बाचनमा प्रदेश सांसद उमेदवारका लागि सिफारिस शर्मा थापाथली इन्जिनियरिङ क्याम्पसका पूर्व सभापति हुन् । नेविसंघका प्रभावशाली नेता शर्मा पछिल्लो समय रूपन्देहीकै राजनीतिमा क्रियाशिल छन् ।
रूपन्देही क्षेत्र न २ प्रदेशसभा (क)का शर्मासहित युवा नेता दीर्घ बहादुर केसी (कुमार), महिला नेतृ रिता केसी, प्रदेशसभा (क) का पूर्व सभापति, माधव लाल देवकोटा, स्थानीय नेता चित्र केसी, काजीमान श्रेष्ठ, शरद भट्टराई, प्रकाश रानाको नाम सिफारीस भएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)