Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही ५ मा एमाले नेता खिमलाल भट्टराईको नाम सर्बसहमत

रुपन्देही ५ मा एमाले नेता खिमलाल भट्टराईको नाम सर्बसहमत

  • 2.3K
    SHARES

  • रुपन्देही ५ मा एमाले नेता खिमलाल भट्टराईको नाम सर्बसहमत

    बुटवल,भदाै २० ।

    नेकपा एमाले रुपन्देही क्षेत्र नं. ५ को बिस्तारित बैठकले प्रतिनीधि सभा र प्रदेश सभाको चुनावका लागि उमेद्वारको नाम छनौट गरेको छ।

    आगामी मंसिर ४ गते हुने चुनावका लागि  रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी खिमलाल भटराईको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। नेकपा एमाले रुपन्देही क्षेत्र नं. ५ को कमिटिको आइतवार भएको बिस्तारित बैठकले पार्टीका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य समेत रहनु भएका भटराईको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो।

    यस्तै बसेको लुम्बिनी प्रदेश सभा सदस्यका क्षेत्र नं. ५ (क)बाट प्रत्यक्ष तर्फ उमेद्वारका लागि भुमिश्वर ढकालको नाम सर्बसम्मत रुपमा सिफारिस गरेको छ। पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज समेत रहनु भएका ढकाल लुम्बिनी प्रदेश सभामा नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक हुनुहुन्छ।

    यसैगरी प्रदेश (ख)का लागि भने सर्बसम्मत हुन नसके पछि बैठकले ३ जनाको नाम सिफारिस गरेको नेकपा एमाले रुपन्देही क्षेत्र नं. ५ का क्षेत्रिय कमिटी सचिव भरतमणी सापकोटाले जानकारी दिनु भयो।

    क्षेत्र नं. ५(ख)बाट प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ हजरत बेलाल फकिर फकिर राजु (लुम्बिनी),रामचन्द्र यादव (गैडहवा) र गोविन्द ज्ञवाली (लुम्बिनी) को नाम उमेद्वारको रुपमा सिफारिस गरिएको छ।

    क्षेत्रिय कमिटीका अध्यक्ष जीवनाथ पाण्डेको अध्यक्षता तथा सचिव भरतमणी सापकोटाको सञ्चालनमा भएको बिस्तारित बैठक सिद्धार्थ रिसोर्ट गैडहवामा भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology