Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्याे

पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्याे

  • 2.1K
    SHARES

  • पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्याे

    बुटवल,कार्तिक २०-

    पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । आज पाल्पाको मिसन अस्पताल, तानसेनमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । 

    मृत्यु हुने तिनाउ गाउँपालिकाका ४७ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । कार्तिक १८ गते अस्पतालमा भर्ना भए पनि बुधबार मात्र स्वाब लिएका थिए । 

    बिहिबार कोरोना भाइरस पुष्टि भएपनि उनको बुधबार नै मृत्यु भएको मिसन अस्पतालले जनाएको छ । उनमा सुगरको समस्या देखिएर अस्पताल भर्ना भएको र अस्पतालले निमोनियाको समस्या भएको जनाएको परिवारले जनाएका छन् । यो संगैपरिवार र आफन्तले भने अस्पतालले लापरवाही गरेको भन्दै बिहिबार शव बुझ्न मानेका छैनन् । 

    आफन्त रामु अस्लामीले अस्पतालको लापरवाहीले आफै अस्पतालमा उपचार गर्न गएका बिरामीको मृत्यु भएको दाबी गरे । उनले अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई सामान्य तरिकाले उपचार गरेको बताए ।

    ‘मंगलबार भर्ना भएको बिरामीको बुधबार मात्र स्वाब पठाइयो,’ उनले भने, ‘कोभिड शंकास्पद हो भने सोही अनुसार व्यवस्थापन गर्नुपर्ने थियो । बिहिबार एकाएक प्रहरी लगाएर छुट्टै बस्न लगाइएको छ ।’ शव अस्पतालमा र्याप गरेर राखेको परिवारले बताए ।    

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology