Logo बिहिवार, आश्विन १ गते २०८३
images

अमेरिकामा रुप स्मृति क्रिकेट प्रतियोगिता शुरू

अमेरिकामा रुप स्मृति क्रिकेट प्रतियोगिता शुरू

  • 2.0K
    SHARES

  • अमेरिकामा रुप स्मृति क्रिकेट प्रतियोगिता शुरू

    टेक्सस,भदाै १९।

    गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिका र साथी बाल्टिमोरको आयोजनामा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रुप स्मृति तथा साथी कप क्रिकेट प्रतियोगिता शुरू भएको छ ।

    प्रतियोगितामा अमेरिकाको विभिन्न राज्य तथा शहरमा रहेका क्रिकेट क्लबहरुको सहभागिता छ । संघका सचिव अनुप खनालका अनुसार प्रतियोगितामा मेरिल्याण्ड ग्राब्स, ल्यान्काष्टर क्रिकेट क्लब,फार वेर्ष्टन क्रिकेट क्लब,बोस्टन अल स्टार्स,एझरेष्ट लायन क्रिकेट क्लब,साथी बाल्टिमोर त्रिकेट क्लब , रियुनियन क्रिकेट क्लब र बाल्टिमोर एथलेटिक क्लबको सहभागिता रहनेछ । सहभागि क्लबहरुलाई २ समुहमा विभाजन गरी प्रतियोगिता संचालन हुनेछ । समुह चरण लिग शैलीमा हुने र समुहका उत्कृष्ट २ समुह सेमिफाईनलमा प्रवेश गर्नेछन् ।

    खेल २० ओभरको हुने आयोजकले जानकारी दिएका छन् । विजेता तथा उपविजेता क्लबलाई क्रमशः ३ हजार ५ सय र २ हजार डलर नगद तथा ट्रफी प्रदान गरिनेछ । संघले भारोत्तोलनका पूर्व अन्तराष्ट्रिय पदक विजेता रुप कार्कीको स्मृतिमा प्रतियोगिता संचालन गर्न लागेको हो । संघले यस अघि नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिता सहीतको एनआरएनए एनसिसी क्रिकेट प्रतियोगिता समेत संचालन गरेको थियो ।

    सेप्टेम्बर ६ सम्म प्रतियोगिता हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology