Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलका पत्रकार पाण्डेयलाइ जी.पी. काेइराला फाउण्डेशन अमेरिकाले गर्यो  सम्मान

बुटवलका पत्रकार पाण्डेयलाइ जी.पी. काेइराला फाउण्डेशन अमेरिकाले गर्यो  सम्मान

  • 3.6K
    SHARES

  • बुटवलका पत्रकार पाण्डेयलाइ जी.पी. काेइराला फाउण्डेशन अमेरिकाले गर्यो  सम्मान

    बुटवल,कार्तिक २०-

    बुटवलका पत्रकार अमृत पाण्डेयलाइ जिपीके फाउण्डेशन अमेरिकाले सम्मान गरेको छ । उनी सबल नेपाल मिडिया प्रालीद्धारा संचालित सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट डिजिटल पत्रिकाका प्रधान सम्पादकसमेत हुन् ।

    कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाए वापत फाउण्डेशनले पाण्डेय सहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरु अजयबाबु शिवाकोटी, मिना शर्मा, अंकुर लुइंटेल, केपी भट्ट लगायतलाई सम्मान गरिएको फाउण्डेशन अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए ।

    पत्रकार पाण्डेय २०६२ सालबाट निहाल साहित्यिक पत्रिकामार्फत पत्रकारिता सुरु गरेका थिए । उनले रेडियो नमस्ते, नेपाल वान टेलिभिजन, खस्यौली एफएम लगायतमा काम गरिसकेका छन् ।

    उनले कोरोना महामारी सुरु भएपछि विश्वभरिका नेपालीहरुसंग कोरोना भाइरस न्युनिकरण कसरी गर्न सकिन्छ र कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा विज्ञ तथा विभिन्न देशमा रहेका संघसंस्थाका प्रतिनिधीहरुसंग निरन्तर बहस कार्यक्रम संचालन गर्दै आइरहेका छन् ।

    साथै साेहि फाउण्डेशनले संचालन गरिरहेको विदेशबाट बहस कार्यक्रमको नेपाल संयोजक रहेर समेत काम गरिरहेका छन् । gpk.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology