बुटवल,भदाै १८ ।
नेपाली भरिका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको साझा पेशागत सङ्गठन नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैठौं राष्ट्रिय महाधिवेशन यही आउँदो भाद्र २४ गते काठमाडौमा सम्पन्न हुने भएको छ ।
केही समय अगाडि भएको संगठनको बैठकले महाधिवेशन काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको हो । संगठनले यसअघि महाधिवेशन गर्ने पटक पटक निर्णय गरे पनि देशमा कोरोना सङ्क्रमणका कारण उक्त महाधिवेशन स्थगित गरिएको थियो ।
महाधिवेशनमा संगठनका देशभरीका इकाइ समितीहरुबाट प्रतिनिधीत्व रहने संगठनका सचिव सितु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले स्थानीय तहमा कार्यरत कर्मचारीहरु राज्यबाट सधै बिभेदको मारमा पिल्सिन बाध्य भएको बताउदै महाधिवेशन मार्फत आफुले खेपिरहेको पिडालाइ समाधन खोज्न पहल कदम लिने बताउनु भयो।
उहाँले महाधिवेशन सम्पन्न गर्ने यसअघिको बैठकको निर्णय अनुसार सम्पुर्ण प्रकृयाहरु अगाडि बढाइएको तथा महाधिवेशनको सम्पूर्ण तयारी शुरु गरिसकेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)