बुटवल,भदाै १७ ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको १३ औँ दिनको पुन्यतिथिको अवसरमा बुटवलमा दीप प्रज्वलन गरिएको छ । विहीबार साँझ नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसको आयोजनामा दिप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रकाश राना तथा कांग्रेसका लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले गिरी त्यागी, वैचारिक,समाजवादी, उदाहरणीय नेता रहेको बताए ।
दिप प्रज्वलन कार्यक्रममा नेपाल विद्यार्थी संघ निवर्तमान केन्द्रीय उपाध्यक्ष मुक्ति राज पौडेल, बुटवल बहुमुखी क्याम्पस पुर्ब इकाई सभापति एवं बुटवल बहुमुखी क्याम्पस कार्यसमिति सदस्य प्रेम पौडेल लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रम इकाई सचीव प्रदीप घर्ती मगर सभापति र सुरज पन्थी संचालनको संचालनमा सम्पन्न भएका थियो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित गिरिको यही भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)