Logo बिहिवार, आश्विन १ गते २०८३
images

एनएमबि बैंक सुनवलद्वारा  बित्तीय साक्षरता

एनएमबि बैंक सुनवलद्वारा  बित्तीय साक्षरता

  • 2.7K
    SHARES

  • एनएमबि बैंक सुनवलद्वारा  बित्तीय साक्षरता

    सुनवल,भदाै १६।

    एनएमबि बैंक सुनवल शाखाले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेको कोरिएन स्कुल सुनवलमा बैकिङ्ग सम्बन्धि शिक्षा प्रदान गरेको हो ।

    एनएमबि बैंक सुनवल शाखाका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गरेका थिए। उनले बैंकको महत्त्व र दैनिक जीवनमा यसको प्रयोग, डिजिटल बैकिङ्ग, फ्रड र फ्रडबाट सुरक्षित रहने उपाय तथा एनएमबि बैंकमा भिडियो कल माफर्त सन्सारभरभाट खाता खोलिने सुबिधा, एनएमबि स्मार्ट नारी बचत खाता, शेयरकारोबार, बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवाको बारे अभिमुखिकरण गरेका थिए ।

    नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । नेपालबाट पहिलोपटक एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो ।

    एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology