Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देही १ ( ख) बाट काँग्रेस युवा नेता भेषराज पाण्डेयले उम्मेदवारी दिने

रूपन्देही १ ( ख) बाट काँग्रेस युवा नेता भेषराज पाण्डेयले उम्मेदवारी दिने

  • 5.4K
    SHARES

  • रूपन्देही  १ ( ख) बाट काँग्रेस युवा नेता भेषराज पाण्डेयले उम्मेदवारी दिने

    बुटवल,भदाै १६ ।

    लुम्बिनी प्रदेशको प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेस रूपन्देही क्षेत्रनम्बर १ को प्रदेश ख बाट युवा नेता भेषराज पाण्डेयले उम्मेदवारी दिने बताउनुभएको छ । प्रदेश ख का कार्यसमितिका सचिव समेत रहेका युवा नेता पाण्डेयले आफ्नो उम्मेदवारी सबै हिसाबले उपयुक्त हुने दावी समेत गर्नुभयो ।

    पञ्चायतकालमा नेपाल विद्यार्थी संघ शान्ति नमूना मा।वि।को संस्थापक भई राजनीति शुरू गरेका युवा कृषिउद्यमी पाण्डे त्यसयता नेपाली काँग्रेसको ३ पटक क्षेत्रीय प्रतिनिधि र विभिन्न जिम्मेवारीमा रही कार्य सम्पादन गर्नुभएको छ । उन्नति एग्रो फर्म सञ्चालन गरी व्यवसायिक गाईपालन र उत्तम एग्रो इण्डष्ट्रिज सञ्चालन गरी पशुआहार साइलेज मकैको गुन्द्रुक उत्पादन गर्दै आउनुभएका पाण्डेले राजनीतिलाई कृषि उत्पादनसँग जोड्नुपर्ने तर्क राख्दै आउनुभएको छ ।

    भलवारी जेसीज वर्ष २०१६ का अध्यक्ष समेत रहेका पाण्डेले गौतमबुद्ध मा।वि।को व्यवस्थापन समिति अध्यक्ष, शान्ति नमूना मा।वि।को व्यवस्थापन समिति सदस्य लगायत विभिन्न सामाजिक संघसंस्थामा समेत जिम्मेवारी निर्वाह गर्दै स्थानीय लोकप्रियता हासिल गर्नुभएको छ ।

    साठी प्रतिशत कृषक भएको नेपालमा कृषि उत्पादन, त्यसको व्यवसायीकरण र बजारीकरणलाई जोड्न सकेमात्र राष्ट्रिय विकाश हुने भन्दै त्यो दृष्टिकोण स्थापना गर्नका लागि पनि आफूले टिकट पाउनुपर्ने उहाँले विश्वास गर्नुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology