Logo बिहिवार, आश्विन १ गते २०८३
images

श्रृङ्गेश्वर धाममा निर्मित जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउँदै

श्रृङ्गेश्वर धाममा निर्मित जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउँदै

  • 1.2K
    SHARES

  • श्रृङ्गेश्वर धाममा निर्मित जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउँदै

    बुटवल,भदाै १६ ।

    तिलोत्तमा वडा नं ४ डिंगरनगरस्थित श्रृङ्गेश्वर धाम परिसरमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउने भएको छ । करिब एक बिघा क्षेत्रफलमा साढे २ तले भवन र अन्य संरचनाहरु तयार भएपछि आउंदो २ महिनापछि निशुल्क रुपमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउन लागेको हो ।

    शुरुवाती चरणमा ७० वर्ष नाघेका २५ महिला र  २५ जना पुरुषलाई बिहान ११ बजेदेखि सांझ ४ बजेसम्म राख्ने तयारी भएको छ । श्रृंगेश्वर धाम परिसरमा बनेको साढे दुईतले भवनमा जेष्ठ नागरिकलाई दिउसोमा निशुल्करुपमा राख्ने गरी जेष्ठ नागरिक केन्द्र सञ्चालन हुन लागेको हो ।

    केन्द्रका कार्यवाहक अध्यक्ष यदुनाथ पाण्डेले आउदो २ महिनापछि केन्द्र सञ्चालनमा आउने र केन्द्रमा आउन जान निःशुल्क यातायातको व्यवस्था गरिने र भविष्यमा जेष्ठ नागरिक अस्पताल समेत बनाउने लक्ष्य रहेको पाण्डेले बताउनुभयो । 
    शुरुमा सय जना हुंदै सरकारबाट जग्गा प्राप्त भएमा भविष्यमा एक हजारजनासम्म राख्ने लक्ष्य रहेको छ । केन्द्रलाई जेष्ठ नागरिकको संरक्षण केन्द्रको रुपमा विकास गर्ने,जेष्ठ नागरिकलाई तनाव मुक्त बनाउन मनोरन्जन,सत्संग ध्यान योगा गायतका सेवा दिइने सचिव हरिप्रसाद कंडेलले बताउनुभयो ।

    केन्द्रका संरक्षक ऋषि भण्डारीले केन्द्र सञ्चालनका लागि मासिक ५ लाख खर्च हुने भएकाले एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य रहेको भन्दै पुण्य कार्यमा सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

    धाम र जेष्ठ मिलन केन्द्रका पदाधिकारी, सदस्य र विभिन्न चन्दादाताको करिब ५ करोड लगानीमा धाम र जेष्ठ नागरिक मिलन केन्द्र बनेको हो । धाममा पशुपतिनाथ लगायतका मन्दिरहरु, बर पिपल र स्वामीका रुखको हरियालीयुक्त चौतारी, ६८ फिट अग्लो त्रिशुल, पानीको फोहरा,बाल उद्यान,कार्यालय भवन लगायतका संरचनाहरु रहेको चिन्तामणि ज्ञवालीले बताउनुभयो ।

    kendra.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology