बुटवल,भदाै १५ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं–४ बाटै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्।कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि दिएको मनोनयन फारम सामाजिक सञ्जालमार्फत् बाहिरिएपछि उनले यस्तो प्रष्टीकरण दिएका हुन्।
उनले भने -‘म काठमाडौँ–४ मै लड्छु।’ महामन्त्री थापाले केही सञ्चारमाध्यमहरुमा आफूले काठमाडौँ–४ मा उम्मेदवार बन्नका लागि निवेदन दिएको बारेमा आएको समाचार प्रति पनि आश्चर्यता प्रकट गरे।
यसअघि भानुभक्त ढकालमार्फत उनका नाममा कास्की १ बाट उम्मेदवार बन्न दर्ता गरेको निवेदन सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक भएको थियो।
उनले लेखेको स्टाटस :
कास्की क्षेत्र नं.१मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद! मैले काठमाडौँ निर्वाचन क्षेत्र नं.४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)