भैरहवा, भदौ १६।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी घोषणा गर्नेक्रम शुरु भएको छ । श्रेष्ठ नेपाली कांग्रेसको प्रदेश अधिवेशन प्रतिनिधि समेत हुन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट युवा उद्यमी अर्चित श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
लामो समयदेखि शिक्षण र कृषि पेशालाई अंगाल्दै आएका श्रष्ठले राजनीतिका माध्यमबाट समाज परिवर्तन गर्ने सोचका साथ प्रदेश सभामा उम्मेदवारी दिन लागेको उनले नागरिक अनलाइनसंग बताए ।
शुसासन कायम गर्न तथा अग्रजहरुको मार्गदर्शन तथा युवाहरुको जोश र जागरबाट शाशन व्यवस्थालाई सही मार्गमा हिंडाउनका लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले बताए ।
वाणिज्य संकायमा स्नातकोत्तर गरेका श्रेष्ठले रुपन्देहीको भलवारीस्थित सेन्ट जोसेफ कलेलमा अध्यापन गराउँदै आएका छने भने इन्टरनेट सेवा र प्रांगारिक मल उत्पादन गर्दै आएका छन् ।
श्रेष्ठसंग लायन्स, जेसीज लगायतका सामाजिक संस्थामा बसेर नेतृत्व गरेको अनुभव समेत छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)