बुटवल,भदाै १४ ।
हिन्दु नारीहरूले आज महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्व मनाइरहेका छन्। आज पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ।
भगवान शिवको पूजा, आराधना गर्दै हर्षोल्लास पूर्वक मनाइने तीज पर्वमा आज रातो सारी र गरगहनाले सजिएका महिलाहरु बिहान पूजाआजा र दिनभर नाचगानमा ब्यस्त भएका थिए ।
बुटवलको देबीनगरमा महिलाहरु नाचगान गर्दै रमाईलो गरिरहेको थिए ।जिट्वान्टीफाइव क्लवको आयोजना र नवदुर्गा मन्दिर समितिको आयोजनामा देबीनगरमा भब्य तीजगित कार्यक्रम भएको क्लवका शुनिल शाहीले बताउनुभयो ।
नाचगानमा सहभागि सबैलाइ पानी लगायतबस्ने ब्यबस्था समेत गरिएकाले बाक्लो उपस्थिती रहेको मन्दिरका अध्यक्ष अर्जुन कुवरले बताउनुभयो । सो स्थानमा हरेक बर्ष तीजबिशेष कार्यक्रम हुदै आएको छ ।

त्यसबाहेक बुटवल बहुमुखी क्याम्पस,सिद्धेश्वरी मैदान,दीपनगर,बेलबास शिवालय,नयागांउ माबि,जोगिकुटी दुर्गा मन्दिर,गोलपार्क दुर्गा मन्दिर,निलकण्ठबाबाधाम,मुक्तिनाथधाम,राधाकृष्ण मन्दिर पुरानो बसपार्क,सिद्धबाबा लगायतका स्थानमा दिदिबहिनीहरुले नाचगान गरेर तीज मनाइरेका छन् ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)