Logo बिहिवार, आश्विन १ गते २०८३
images

हिन्दू महिलाहरूले आज हरितालिका तीज पर्व मनाउँदै

हिन्दू महिलाहरूले आज हरितालिका तीज पर्व मनाउँदै

  • 1.6K
    SHARES

  • हिन्दू महिलाहरूले आज हरितालिका तीज पर्व मनाउँदै

    बुटवल,भदाै १४ ।

    देशभरका हिन्दू महिलाहरूले आज हरितालिका तीज पर्व मनाउँदै छन्। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा निराहार व्रत बसेर महादेवको पूरा अराधना गर्ने चलन छ।

    सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ।अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहितहरूले वर प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ।

    तीजको व्रत बसेर शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ। तीजलाई विवाहित महिलाहरू आफ्नो माइतीमा गई दुःख साट्ने र पीडा भुलेर नाचगान गर्ने पर्वको रूपमा पनि लिइन्छ। तीजको अघिल्लो दिन दर खाने गरिन्छ। भोलिपल्ट निराहार व्रत बस्न अघिल्लो दिन मीठा मीठा परिकार खाने चलन छ।

    दर खाएपछि औपचारिक रूपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी सप्त ऋषिको पूजा गरी तीज समापन हुन्छ।

    आज महिलाहरूका लागि सार्वजनिक बिदा रहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology