बुटवल,भदाै ११ ।
साहित्यकार डा.नवराज लम्सालको पुस्तक ‘अग्नि’ले यो वर्षको मदन पुरस्कार पाएको छ। मदन पुरस्कार गुठीको साधारण सभाले लम्सालको पुस्तक अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो।
अध्यक्ष दीक्षितका अनुसार यो वर्षको जगदम्बा श्री बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गुठीले गरेको छ। दुवै पुरस्कारको राशी जनही चार लाख रुपियाँ रहेको छ। यी पुरस्कार घटस्थापनाको दिन प्रदान गरिनेछ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)